डोरी आफैँले किन्न नपरेसम्म
कुनै बेला एउटा राज्यमा ठूलो तानाशाहले शासन
गथ्र्यो। आफ् नो राज्यमा सबै मान्छे खुसी छन् भन्ने
उसलाई लाग्थ्यो। किनभने, कसैले
केही कुरामा कहिल्यै पनि कुनै गुनासो गरेको उसले
सुनेको थिएन। गुनासो नगर्नु भनेको सन्तुष्ट हुनु
होइन भन्ने कुरा उसले बुझेको थिएन। कसैले
गुनासो किन गर्दैनन् भन्ने कुरा उसले कहिल्यै
सोचेको थिएन। त्यहाँका जनतालाई
पनि गुनासो नगरेपछि सन्तुष्ट भएको प्रमाणित
भइन्छ भन्ने थाहा थिएन।
एकपटक ऊ
अर्को मुलुकका शासकको निमन्त्रणामा त्यहाँको
भ्रमणमा गयो। उसलाई त्यहाँको शासकले
आफ्नो मुलुकका भएजति राम्रा कुरा देखाएर
प्रभावित पार्न खोज्यो र आफूलाई जनताले
कति मान्छन् भन्ने कुरा देखाउन खोज्यो। ऊ
त्यस्ता कुनै पनि कुराबाट प्रभावित भएन र उसले
सोध्यो, "शासकका रूपमा तिम्रो शक्ति कति छ
भन्ने कुरा मलाई देखाउनु छ भने बिनाकुनै कारण पाँच
जना सरकारी कर्मचारीको जागिर खोसेर देखाऊ !"
शासकले आफ्नो राज्य प्रजातान्त्रिक भएको हुनाले
आफूले त्यसो गर्न नसक्ने बतायो। तानाशाहले
शासकको शक्ति हेर्ने हो भने
आफ्नो राज्यको भ्रमणमा आउने निम्तो दिएर
गयो। उसको हाँकले यो शासकलाई निकै कौतूहल
बनायो। केही समयपछि ऊ
त्यो तानाशाहको राज्यको भ्रमणमा गयो। तानाशाह
उसलाई लिएर एउटा कारखानामा गयो, जहाँ एक सय
कर्मचारी काम गररिहेका थिए। तानाशाहले
उनीहरूलाई भोलिदेखि काममा नआए हुन्छ भन्यो।
कर्मचारीहरूले सहमतिसूचक मुन्टो हल्लाए र यथावत्
आफ्नो काम गररिहे। कसैले चुइँक्क
पनि नगरेको देखेर भ्रमणमा गएको शासक जिल्ल
पर्यो। यो देखेर तानाशाह झनै हौसियो र
अर्को कार्यालयमा गएर एकैपटक पाँच सय
कर्मचारीलाई बिनाकुनै कारण अवकाश दियो।
त्यहाँ पनि कोही केही बोलेन।
भ्रमणमा गएको शासकको विस्फारति नेत्र देखेर
तानाशाहलाई अझै मजा आयो।
यसपटक उसले त्यो शासकलाई हजार जना मजदुर काम
गररिहेको कुनै कारखानामा लिएर गयो। उसले
तिनीहरूलाई भन्यो, "तिमीहरू सबै जनालाई
भोलि बिहान फाँसी दिने निर्णय भएको छ।"
हजारै जना मजदुरले हस् भने र
आफ्नो काममा लागिरहे। यो शासकलाई सहिनसक्नु
भयो र उसले तिनीहरूलाई सोध्यो, "तिमीहरूलाई
केही भन्नु छैन?" एउटा बूढो मान्छेले हात उठायो र
मसिनो स्वरमा सोध्यो, "फाँसी लगाउने
डोरी सरकारले दिन्छ कि हामीले आफैँ किनेर
ल्याउनुपर्ने हो?"
सन्तोषी सदा सुखी भन्ने उक्ति हामीले
सानैदेखि सुनिआएका हौँ। भएको कुरामा सन्तोष
गर्न सक्नुपर्छ, नत्र हामी दुःखी हुन्छौँ भन्ने
हामीलाई पढाइएको कुरा हो। अरू पढाइएका र
सिकाइएका कुरालाई पोलेर खाए
पनि यो एउटा कुरालाई चाहिँ गुरुमन्त्र मानेर हामीले
सधँै अवलम्बन गरिआएका छौँ। त्यसैले सायद संसारमै
हामीजति सन्तोषी र सुखी मानिस अन्त कतै
पाइएलान्। नेपाल आउने सबै विदेशीले
सबैभन्दा पहिले हेक्का गर्ने कुरा पनि यही हो।
हामीले हाम्रा लागि साधारण भएर ध्यानै नदिएकाले
मात्र हो।
बाटोमा हिँड्दा तपाईं ध्यान दिएर हेर्नूस् त,
मानिसहरू कति प्रसन्न, निस्पिmक्री र
प्रफुल्लित मुद्रामा हुन्छन्। कानदेखि कानसम्म
हाँस्दै हिँडिरहेका मानिसलाई हेर्दा यस्तो लाग्छ,
मानौँ यो देशमा कुनै समस्या नै छैन। यहाँ कसैलाई
केही दुःख छैन, अभाव छैन। पिर भनेको कुन
चराको नाम हो भन्ने कसैलाई थाहा छैन।
कसैको भृकुटीमा चिन्ताका कुनै धर्सा छैनन्।
हामी किन यति धेरै सन्तुष्ट छौँ? सन्तोषी हुनु
सकारात्मक कुरा हो तर के सन्तोषको पनि कुनै
सीमा हुँदैन र?
हाम्रो मुलुकको भविष्य के हो भन्ने
कुरा हामी कसैलाई थाहा छैन। हरेक
क्षेत्रमा हामी झन्झन् पिछडिँदै गइरहेका छौँ।
हाम्रो आर्थिक, सामाजिक, भौगोलिक,
राजनीतिक वातावरण दिनप्रतिदिन
अधोगतितर्फ उन्मुख छ। अभावग्रस्त छौँ हामी।
धारामा पानी छैन, तारमा बिजुली छैन। अधिकांश
समय हामी लोडसेडिङ्को मार खपेर बाँच्न बाध्य
छौँ। युवा जनशक्ति पलायन हुने क्रम निरन्तर
बढ्दो छ। शिक्षाको स्तर भासिँदै गएको छ।
शिक्षा र स्वास्थ्यजस्ता आधारभूत
कुरा आमजनताका पहुँचभन्दा बिस्तारै परपर हुँदै
गएका छन्।
जनता आफूले तिरेको करबापत राज्यका तर्फबाट
पाउनुपर्ने अरू कुरा त परै जाओस्,
शान्ति सुरक्षाको समेत आभास मात्र गर्न
पाएका छैनन्। भौतिक संरचनाहरू दयनीय
अवस्थामा छन्। प्रदूषणका कारण निसासिने
बेला भएको छ। खोलानालाहरू सुकिसकेका छन्। कुनै
बेलाका नदीनालाहरू गनाउने ढलमा परिणत
भइसकेका छन्। सिंगै मुलुक
अनिर्णयको बन्दी बनेको छ। राज्यको ढुकुटीलाई
अपुतालीमा परेको सम्पत्तिसरह नेताहरूले
उडाइरहेका छन्। सक्नेले सक्नेजति भ्रष्टाचार गरेर
अकूत सम्पत्ति कमाइरहेको छ।
चुनाव र संविधानसभाका नाममा पानीसरह पैसा बगाएर
पनि एउटा संविधान बनाउन सकिएको छैन।
अर्को चुनावका कुरा भइरहेका छन्।
कोही कसैप्रति उत्तरदायी छैन। कसैसँग कुनै प्रश्न
गर्ने अधिकार हामीलाई छैन। जसले
जति हावादारी गफ लगाए पनि केही भन्ने/बोल्ने
ठाउँ छैन। सबैलाई आफ्नो व्यक्तिगत
अधिकारको मात्र आवश्यकता छ। व्यक्तिगत,
सामाजिक वा सामूहिक कर्तव्यका बारेमा हामीलाई
सोच्नुसम्म छैन। तर पनि भरेको छाक टरेसम्म
हामीलाई कुनै कुराको चिन्ता छैन।
भोलिको पुस्ताका लागि हामी कस्तो मुलुक
बनाइरहेका छौँ भन्ने नसोची हामी सन्तान
जन्माइरहेका छौँ, हुर्काइरहेका छौँ।
कथंकदाचित् भोलि हामी सबैलाई पनि कतै लगेर
झुन्ड्याउने भनियो भने डोरीचाहिँ आफैँले किनेर
लैजान नपरोस्। त्यतिभन्दा बढी अरू हामीलाई
केही चाहिएको छैन ।
ramkumar khadka

No comments:
Post a Comment