Ganga Shrestha |
सुन्दर सपना साकार पार्न जादैँछु म त्यहाँ
कति गर्छस ए मुर्ख अन्याय र अत्याचार
तेरो जरो उखेल्नलाई जादैँछु म त्यहाँ
कति खेल्छस सधैँ एउटै खुट्टा तानि खेल
खुट्टा तान्ने हात काट्न जादैँछु म त्यहाँ
आज हेँला गर मलाई भोलि बिर्षन सक्नेहरु
पर्सि तँलाई पाखा लाउन जादैँछु म त्यहाँ
आफ्ना आङमा भैँसी दौडाई अर्काको जुम्रा औँलाउनेहरु हो
सतर्क होऊ तेरा औँला काट्न जादैँछु म त्यहाँ
Ganga Shrestha
Nalang-7 Dhading
No comments:
Post a Comment