“मलाई अदितिको नङ्ग टोक्ने बानि मन पर्दैन।” अदितिसँगको मेरो पहिले
गुनासो यही थियो । आज म हजार कोशिस गर्दछु, तर अँह त्यो जस्तो निश्चल मन
दुखाई गर्न सक्दिन । त्यस्तो मीठो उजुरी उठ्दैन । भोगाइका एउटा होला, पात्र
एउटा होला, घडि एउटा होला तर यहाँ भाव सापेक्षिक हुदाँ रहेछन् । अभ्यस्थ
भोगाइका भावना ब्यवसायिक भईदिँदा रहेछन । घटिमा मेरा लागि ।
उ बायोलोजी ग्रुपमा रहिनछे । मेरो अंग्रेजीको क्लास सँगै भएर मनमा निकै घिउ पोखिसकेको थिए । पहिलो मन पराइ, पहिलो माया डरलाग्दो हुन्छ । रन्कोमा कसो म फिजिक्स ग्रुपमा सरुवा भइन । हुन त नगएर पनि लछारपाटो केहि लागेन । ‘बायोलोजी’ पढ्ने सबै डाक्टर कहाँ भइदिदाँ रहेछन र । एक हेराइ मनग्गे थियो, अदिति मन परिन् । माया लागे जस्तो भयो । शुरुमा अंग्रेजी कक्षा मात्र थियो । बिस्तारै ल्याब रिपोर्ट, फिजिक्स ट्युसन, क्यान्टिनका खाजाले मेरो मायाका डोरा बाट्दै गए । झन हेर्यो झन माया लाग्ने । अल्लारे बैंश अनि बैंशको सपना, म निकै पुलकित थिए ।
टोलाएको हेराइ र ओल्सिएको बोलाइले मात्रै मायालुका मनमा माया प्रसारित हुने भए संसार अर्कै हुन्थ्यो होला । यहाँ व्यक्त नभएका माया कतिले नै पो बुझ्दछन र! संसार किन पो सजिलो भइदिन्थ्यो । २० भन्दा अगाडि कोहि मन पराउनु, मन पर्यो भनेर भन्नु, केहि प्रयास पछि जवाफ पाउनु एउटा मेलो । तर मनपरेकि केटीलाइ आफ्ना धेरै जसो साथीभाइले मन पराउनु, दुइ-चार ले चाँहि उही सामु गएर भनि टोपल्नु अनि त्यस्ता मायाका अनेक प्रस्ताव खाएर थेत्तरी भएकि केटीलाई आफ्नो बनाउनु चाँहि ठाडो भिर जोत्नु भन्दा गाह्रो । तर बैशंको आँट नै बेग्लै, माया बेग्लै अनि मायाका कसरत बेग्लै । म बिना प्रयास हार किन पो स्वीकार्थे !
मैले निकै तयारी गरे । पहिले माया हार्ने आँट कसको हुन्छ र! अदितिका काकालाई नमस्कार ठोकियो, उसका साथीको बस भाडा तिरियो । कलेजका बाटा फेरिए । दौंतरीका गुनासा खेपिए । अनेक तान बुनियो । म माया जित्ने दौडमा थिए, निकै ब्यस्त थिँए ।
दिन आयो, मौका आयो । अदितिका नजानिँदा इशाराले हौसला दिए । मैले आँट जुटाँए । तपशिल काटेर भन्दा उनले लजाएर स्वीकारिन् । म पास भए ।
मायाको स्वीकारोक्ति बढो अप्ठेरो अनुभव थियो । एकोहोरो पिरोलिएको अल्लारेलाई मायाले हुन्छ भनिदिदाँ नचाहिंदो हलुंग्गो भयो । न आकाश, न धर्ति केवल मायाको स्वीकारोक्ति मात्र बाँकि हुँदोरहेछ । एउटा असहज निर्वाण पाए मैले । तर त्यो अनुभव क्षणिक मात्र । पलभरमै बर्षिने अनेक जिम्मेवारी थिचेर जस्ताको त्यस्तै । आखिरमा बच्ने सावाँको संघर्ष ।
अदितिले स्वीकारेपछि मेरो रुटिन फेरियो । अनि मायाका नियमित भेट, कलेजका हिंडाइ, छड्के हेराइ, मस्केका ठुस्काइ, लबस्तरो हाँसो, के-के हो के-के । त्यो समय त के बित्यो बित्यो । क्या जीवन बित्यो ।
मेरो आई एस्सी, सकियो । उनि फिजिक्स ग्रुप, ‘प्रोग्रेस’ तिर लागिन् । आफू ‘नेम’ धाइयो । भेटघाट केहि कम भयो, स्वभाविक थियो । एन्ट्रान्स कोचिङ्गका दिन चल्दै गए । फुर्सद अनुसार अदितिसँग भेटहुन्थ्यो । बाँकि संसार ‘नेम’ मै आउँथ्यो । समय चलेकै थियो । केहि महिना पछि कोचिङ्ग सकियो । उनले इन्जिनियरिङ्गको पढाइ थालिन ।
मेरो नाम महाराजगन्जमा निस्केन । बिपिमा पनि निस्केन । शिक्षा मन्त्रालयमा पनि पुछार तिर ।
‘इन्जिनियरिङ्गको पनि एन्ट्रान्स दिन पर्ने !’ घरमा पनि यहि राग, अदितिको पनि यहि राग । जोश थियो, आफूमा बिश्वास थियो । मैले पहिलो पटकमै किन हार मान्थे र । घुँडा जोतेर मेहनेत गरे । अदितिलाई कम भेटेर पनि एन्ट्रान्स तयारीमा लागें अनि दोस्रो पटक एन्ट्रान्स दिंए ।
अँह, यो पटक पनि नाम निस्केन । न महाराजगन्जमा, न बिपिमा । अनि इन्जिनियरिङ्गको राग फेरि शुरु ।
बैंशमा हजार तान बुनेर मायाको संघर्ष जित्नु एउटा कुरा । तर महाराजगन्जको एन्ट्रान्स मा २-२ चोटी पछारिएर बैक्लपिक पढाइ रोज्नु अर्कै कुरा । मेरो पीर दीप श्रेष्ठकै भाकामा सँग मिलेको थियो । उपाए थिएन, मैले पनि शुरु गरे “इन्जिनियरिङ्ग” ।
कहिले काँहि समय यस्तो उत्ताउलो भइदिन्छ, गुनेका सबै कुरा उत्तानो पर्छन् । उमेर सोह्र होस या सत्तरी, कतिले यहाँ मायाका लागि आनन्द मनले संसार हारेका छन्, हार्दैछन्, फेरि पनि हार्नेछन् । तर हारेको लडाँईमा माथि माया हार्न पर्दा भने नमिठो बिझाउँछ । मैले अदितिलाई हारि नै हालेको त होइन तर उनि पढेको कलेमा भन्दा अर्कै कलेजमा भर्ना हुन पर्ने भयो । बाउले चिनेका मान्छे ठाउँमा भइदिंदा तन्नेरी छोरालाई अनेक अफ्ठेरा पर्दछन् । बुवाको चिनजानले मेरो ‘इन्जिनियरिङ्ग’ निकै सस्तोमा मिल्ने भयो, तर बिडम्बना अर्को कलेजमा । कहाँ मेरा मायाका सपना, कहाँ इन्जिनियरिङ्गका मोलतोल । मैले निकै तर्क राखे, सबै फोस्रा भइदिए । एकपछि अर्को ठेस, समाजले आफूलाई चिनाउँदै थियो । म समाजलाई चिन्दै थिए ।
मेरो पहिलो बर्ष शुरु भयो । पढाइ घस्रिन थाल्यो । मायाका भेटहरु हाट सरह हुन थाले । हामी कि शनिबार कुर्दथ्यौं कि उपत्यका बन्द । हामीलाई भेटन बहाना चाहिन्थ्यो, कहिले जुट्थ्यो कहिले जुटाउन पर्दथ्यो । म महाराजगन्जको ठोकर पछि गमी भएको थिंए । तन्नेरी जोश पछारिएको थियो, अदिति भन्दा एक ब्याच जुनियर थिए । कैयन पटक भाले अस्तित्वको सोचाइ नआएको होइन । तर यहाँ बार्नेलाई रुघा लाग्छ । सुस्केराले उडाइ जाने माया थिएन मेरो, मैले जानेको त्यहि हो । मैले मेरो माया त्यति हलुको हुन किन दिन्थे र । मैले डाक्टरी सपना हारेको अवस्य थियो । तर अदिति मेरो सत्य थिइ । मैले उसलाई जितिरहेको थिंए, उसले मलाई जितिरहेकि थिइ ।
अदिति लगभग उस्तै थिइ, बोलिरहन पर्ने । अझ उसका बातमा ‘इन्जिनियरिङ्ग’ छिरेको थियो । उ कुरा पोख्दथि, फिंजाउँथी, चलाउँथि । म एकनास उसका कुराहरु टिपिरहन्थे । बेला बेला म उसका कुरा पक्रन्थे, उ रिसाउँथि । एकै छिन बोल्दिन थिइ, म फकाए झैं गर्दथे, उ फकिइदिन्थी । समय निमेषमै बित्दथ्यो । हिड्ने बेलामा म अदितिका सबै कुरा बटुल्थे, पोको पार्थे अनि उ बाट पर हुँदा एकान्तमा फुकाएर मिलाउँथे, सजाउँथे ।
माया पनि भाग हुँदा रहेछन । अध्याय हुँदा रहेछन । अनुच्छेद हुँदा रहेछन । म सम्झंछु, हो त्यहि बेला, मेरो मायाको त्यहि अध्यायमा मलाई आइ एस्सीको मायाको अध्याय सांकेतिक लाग्दथ्यो । जाबो छड्के आँखा हेराइ, २-४ लबस्तरा हाँसो अनि मायाको स्वीकारोक्तिलाई के सम्पूर्ण माया भन्नु । मैले मायाको त्यो अध्यायबाट अघिल्लो अध्यायलाई त्यस्तै देखे । तर बिडम्बना कथा नसकिएसम्म अध्यायका जोखाइ चोखा भन्न के सकिन्छ र! यहाँ भोगाइले जोख्ने सत्य र तिनका अनुभवले जोख्ने सत्य फरक भइदिन सक्दा रहेछन । भोगाइ भन्दा तिनका अनुभवको भार बढि हुँदो रहेछ ।
‘इन्जिनियरिङ्ग’ चल्दै गयो । म अब्बल बिद्धार्थी भने भइन । धाएको खेती, धाएको माया उस्तै उस्तै रहेछ । मायामा लागेका तन्नेरीका अनेक जिम्मेवारी थिए । म जसोतसो धान्दै थिए । तर पनि हाम्रो मायाको कुरो हामीले सकेसम्म लुकाएर नै राखेका थियौं । चुनिएका केहि र पुराना केहि साथीहरुलाई मात्र थाहा थियो । कलेज फरक भएकाले पनि धेरैले थाह पाउन सकेका थिएनन् । साथीभाइका मायाका कुरा चुहिंदा म मन्द रुपमा दंग पर्दथे । मेरो कुरो लुकाउन सकेकोमा ।
विचारहरु स्वतन्त्र मनमा धेरै उम्रिन्छन्, ब्यस्त मनमा भन्दा । मेरो मन व्यस्त थियो, मेरा सपना व्यस्थ थिए । म खुसी थिए । तर मनलाई परिवर्तन हुन घटना घट्न पर्दैन । एउटा झिनो तरंगले छोइयोस, निमेषमै मन एक ब्रम्हाण्ड बाट अर्कोमा ब्रम्हाण्डमा पुगिदिन्छ । हामी मनको यो गतिको अगाडि निरिह छौ । अनि एउटा भावना गोड्दै गरेका हामीलाई सरक्क लगेर शंका, तर्क र अविस्वासको घना जंगलमा छोडिदिन्छ । अनि ति भाव हामी छाँट्न खोज्छौ, तिनले हामीलाई बेर्दै जान्छन् ।
हामी कक्षा चढ्दै गयौं, बिषयहरु साँघुरा र ठाडा हुँदै गए । अदितिले मलाई ‘कोर्स मेटरियल’मा सहयोग गर्दथी । म पढे झैं गर्दथे, बुझे झैं गर्दथे । कुरो उ तेस्रो बर्षमा हुँदाको हो । उसले मलाई दिएका मेटरियलमा नचिनेका अक्षर देखे । मनमा चस्स भयो ।
विश्वास पातलिदा आगो सल्कन बेर लाग्दैन । जितेको भूगोल मायाले मागुन्, दोस्रो सोचाई बिना अर्पिन्छ । तर तिनै माया एक भित्ता टाढा हुने छनक मिलोस, मनले लाख सोचिदिन्छ । माया आफैमा पवित्र हो । तर प्रेमीहरु लोभि हुन्छन्, प्रेमीकाहरु लोभी हुन्छन् । भाकल नपुग्दा ईश्वरको अस्तित्वलाई त शंका गरिन्छ, झन म त मायालु भन्दा एक कक्षा तल बाँचेको प्रेमी ।
ती अक्षरहरु नचिनेका मात्र थिएनन् । त्यहाँ शब्दहरु थिए, बाक्यहरू थिए, संवादहरु थिए । त्यहाँ छेडाइहरु थिए, मस्काइहरु थिए । मैले ति अपरिचित लेखाइमा माया जित्न गरिने परिचित दाउहरु देखे, बुन्दै गरेका घरहरु देखे । म कसरी चिन्दिन थिए होला र, ति सबै अनुभवहरु मेरा अंश-अंशमा थिए ।
उ जो थियो; उसले आफ्ना दाउ राख्दै थियो- माया जित्ने । यहाँ एउटै नारीमा हजार प्रेमीहरु पागल हुन्छन् । म एक थिए, उ अर्को हुँदो हो । तर अदिति त जानकार थिइ । हामी माया बुन्ने हरेक गोरेटो सँगै हिंडि सकेका थियौं । व्यक्त-अव्यक्त मायाका पद, चाप सबैसँग अभ्यस्त थियौं । तर मैले अदितिलाई फेरि तिनै गोरेटाहरु हिड्दै गरेको भेट्टाए, अर्कै सँग । मायाको बाटोमा अनेक डाँडा काटेर एक घुम्तीमा म सँगै भएको प्रेमी, अर्को सिरामा फेरि किन यात्रा शुरु गर्दछ? यात्रा एउटै, यात्री एउटै, समय एउटै तर फरक पदयात्रीसँग भिन्न मोडमा यात्रा कसरी सम्भव छ? म खङग्रङ्ग भए । मन चिसो भयो ।
ति नचिनेका अक्षरले नाम पाए । ति नचिनेका अक्षरहरु अब बाक्य भए, मुक्तक बने, कविता बने । ति कबिताहरु अदितिका पुस्तिकाबाट उठेर उसका भाकामा गाँसिए । ति शब्दका, ति हरफका कोलाहलले मलाई क्रुद्ध बनाउँदै लग्यो । म मनबाट बिरामी हुँदै गए ।
अदिति त्यो साथीका कुराहरु सुनाउन थाली । जान्ने मान्छे, गुरुवर्गको प्यारो, मिजासिलो, सहयोगी आदि-आदि । उसका प्रतिभाहरु पनि कति हुन् । म मनबाट आफैंसँग कमजोर हुन थाले । अदितिका बातमा सँधै उसको साथी हुँदैन थियो, तर पनि म घरि-घरि ति बातमा उसलाई खोज्दथे ।
मैले भित्र मनको तापलाई मेरा ब्यवहारमा प्रसारित हुन नदिन भरमग्दुर प्रयास गरे । अदिति मेरी मायालु थिइ, मेरो आधिपत्य होइन । यहि भावले मलाई सम्हाल्यो । म निको हुन थाले ।
अदितिले इन्जिनियरिङ्ग सकि, म चौंथो बर्षमा पुगें । इन्जिनियरिङ्गको एउटा औषत विद्दार्थीले चार बर्षमा पाठ्यक्रम मात्र पढ्दैन, समाजका दाउपेच पढ्छ । परिक्षाका साथै जीवनका समस्या सामना गर्न सिक्छ । अनि तिनबाट पछारिदा, उठ्न सिक्छ, तिनलाई छ्ल्न सिक्छ । म पनि सिक्दै गए, व्यवहारमा छिप्पिदै गए ।
ब्यक्त/अब्यक्त मायालाई जीवन सुम्पिने आँट मायाको एउटा अध्याय हो । तर मायाका सबै पोटीहरु सगरमा हुँदैनन् । कति मनको खाडलमा बसिदिन्छन्, कतिले सपना बिझाउँछन् । यी सबै अनुभवलाई पचाएर मायालुलाई मनको सगरमा राखिराख्नु मायाको अर्को अध्याय हो । मैले त्यहि जान्दै थिए, त्यहि बुझ्दै थिए ।
अदितिको साथिका प्रतिभाहरुसँग म सन्तुलित हुँदै गए, उसका बिशेषणहरुसँग म सहज हुँदै गए । समयको कुरो हो, मौका मिल्दा उ एकदिन भेटियो । अदितिले चिनाइन, मैले भर्खर चिने झैं गरे । चिनजान पनि अचम्मको हुन्छ । पात्र भेटिनु अगाडि नै उसका तमाम ब्याख्याहरु बटुलेर हामी एउटा बिम्ब बनाई सक्छौं अनि साक्षात पात्र भेटिदा उसलाई जेनतेन बिम्बसँग जोड्ने प्रयत्न गर्छौं । मैले पनि अदितिको साथीलाई, उसको बिम्बसँग जोड्ने प्रयास गरे । हामी यहि त मात खान्छौं । बनाई सकेको बिम्ब फोर्नै सकिदैन । अनि हाम्रा ब्यवहारहरु चोखा हुँदैनन् । म अपवाद भइन ।
अग्लो केटो, छोटो कपाल, फोस्रो जिन्स, हलुका भाषा आदि । उमेरले/व्यवहारले एउटा घुम्ती काटेपछी लवाइको खासै महत्व हुँदैन। उसले पनि त्यो बुझिसकेको पाए । अदितिले हाम्रा व्यक्तित्व जोड्ने प्रयास गरि । उ हामीलाई समभुज बनाउन खोज्दै थिई, तर म भावनाका विषमकोणमा उभिएको थिए । त्यसैले त्यो सम्भव भएन । म उसँग गह्रौं नै भइदिए ।
अदिति जागिरे भइसकेकि थिइ । उसको पहिलो जागिर, मेरो चौथो बर्षका ब्यस्तता । हाम्रा भेटहरु राम्रैसँग पातलिएका थिए । ति भेटमा मायाका चिचिला हाँसो, जिस्काई, ठुस्काई, फकाइ भन्दा पनि ब्यवहारका सल्लाहहरु, समाजका अवलोकनहरु, अवलोकनका बिषयगत छलफल हुन्थे । अनि तिनै छलफलमा हामी एक अर्कालाई उडाउँथ्यौ, रिसाउँथ्यौ अनि फेरि तिनै माथि हाँस्थौ । उसको साथी उसका बिषयका बातमा एउटा नियमित उपस्थिति लिएर आउँथ्यो । म मिलेसम्म उसलाई पन्छाउँथे ।
समय बतासियो, मैले इन्जिनियरिङ्ग सक्दा-नसक्दा अदिति विदेश जाने भइ । मैले उसलाई नजाउ भन्ने तर्क थिएन । गाह्रो त उसलाई पनि उत्तिकै भएको थियो । उसले मलाई जसरी पनि विदेश आउने बाचा गराई । हामीले बिवाहको बारेमा नसोचेको, सल्लाह नगरेको होइन । तर दुवैले आफूलाई “तयार” पाएनौं ।
संघर्षले सम्बन्धहरु, सम्बन्धका निर्णयहरु कस्तो सम्म प्रभाव पार्छन् भने हाम्रो बिवाह एउटा “विकल्प” को रुपमा उभियो । जसको सपना हामीले बर्षौ देखि बुन्दै बसेका थियौं, आज सबैथोक हातमा हुँदा हामीले आफूलाई “तयार” भेट्टाएनौं । यो ब्यवहारले छिप्प्याएको परिणाम हो या समय सँगै परिष्कृत अद्दतन माया !! मलाई थाहा छैन, म जान्दिन पनि । तर मेरा देवता साक्षी छन्, त्यो निर्णय लिदाँ मेरो माया बिसको उन्नाइस पनि भएन । अनि मलाई थाहा छ, अदितिको मन पनि चोखो नै थियो । उसले गाह्रो गरि जान्छु भनि, मैले बोझिलो हुन्छ भने । हामी धेरै पछी सँगै रोयौं ।
उ विदेश गइ । म नेपालकै जागिरमा अलमलिए । विदेशको पढाई, छात्रवृत्तीको ताकमा उ उसको साथीकै विश्वविद्दालयमा पुगी । परदेशीका हजार समस्या हुन्छन, मैले के नै गुनासो गर्नु थियो र । मैले गरिन । उसले छात्रवृत्ती पाई, खुशी भइ । मलाई सन्तोष नै भयो ।
म पनि विदेश जाने ताकमा लागे । अदितिले सहयोग गरि । छ-आठ महिना त्यसै लाग्यो । पहिलो प्रयास गरे, ‘भिसा’ लागेन । केहि तामझाम मिलाए, दोस्रो पट्क पनि लागेन । तेस्रो पटक पनि नलाग्दा मैले हारे! मैले महाराजगञ्ज सम्झें । कहाँ डाक्टरी सपना चकनाचुर भएको ठिटो, कहाँ मायासँग जीवन जोडिने सपना छिनेको लोग्नेमान्छे । महाराजगञ्जको नतिजामा म रिसाएको थिए, उफ्रेको थिए । यहाँ म बाहिर शान्त भए, भित्र-भित्र रोए ।
अदिति अत्तालिइ । मैले पछि बिद्दावारिधि गर्न आउँछु भनि कुरो पल्टाँए । संघर्ष छोडेर अतिदि फर्कन गाह्रो थियो । म जाने उपाय तत्काल देखिन, उसलाई फर्क भन्न सकिन । ब्यवहार बुझ्दै जाँदा म नेपाल नै बस्ने छाँट भयो । अदितिलाई दुबिधा भयो, गाह्रो भयो। मैले त्यहि अनुभव गरे ।
मायामा त्याग पनि हुन पर्दछ । मेरा विचारले यस्तै दिशा लियो । म अदितिको साथीको पुरानो बिम्ब फोर्न थाले । उसका बिशेषणहरु बटुलेर म नयाँ बिम्ब बनाउँन थाले ।
-by meaninglessthinkings@somewhereondearth

No comments:
Post a Comment