दुई हजार उनन्चास
असारको महिना
सुनसान त्यो
रातमा साथी कोही छैन
आईतवार चौधगते १
बजे रातमा
गाह्रो सँग रोए
आरे जीवनसुरुवात्मा
गुणनाम समतुल्य
माता लक्ष्मीमा
जीवनकै हर खुशी
पिता शालिग्राम मा
हुर्काइ बढाइ
स्याहर गर्ने माता अनी पिता
सधैं भरी काखमा
बस्छु ३ दिदी सित
चार बर्षमै कलम
सँग न्यानो माया लाए
अक्षर लेख्न दिदि
अनी गुरु बुवा पाए
शिक्षा दिने जीवन
दिने पहिलो पाठशाला
पढ्न जान्थे
नागेश्वोरी गर्दै हासखेल
क ख ग घ ए बि सि
डि टाकन टुकन लेखे
हाँस्दै खेल्दै
पढ्न मैले धेरै साथी देखे
गुरु साथी बिचमा
बसी एस.एल.सी नि गरे
तब हट्ला स्मरणमा
मिन्दुका म मरे
No comments:
Post a Comment