Bimal Raj |
साँझ परे पछी एकान्त खोज्दै हिन्दो रै छ हजुर
पैसाले मान्छेलाई कती सम्म स्वार्थी बनाउँछ कठै
जन्म दिने बाउ-आमा समेत नचिन्दो रै छ हजुर
मित्रताको अटुट संबन्ध छिन्दैन कहिलै म ठान्थेँ
आफू कमजोर हुँदा पल-भरमै छिन्दो रै छ हजुर
आफ्ना - पराइ सबै यहाँ एकै समान लाग्छन्
मौकामा आफ्नैले जाँतो बनेर पिन्दो रै छ हजुर
No comments:
Post a Comment