वि.सं. १९४१–२००२
विक्रमको १९४० तिर मोतीराम भट्टले नेपाली भाषामा फारसी छन्दको प्रयोग गरी गजलको उदय गराए।
वि.सं.२००३–२०३५
मौलिक नेपाली लय तथा स्वनिर्मित लयमा यसपछिका गजलहरू रचना गरिए। भूपि शेरचन, म.वी.वी.शाह, भीम विराग, राम मान तृषित, शङ्कर लामिछाने, ईश्वरवल्लभ, गोपाल प्रसाद रिमाल आदि प्रतिभाहरू देखिन्छन्।
यस समयमा रचना गरिएका गजल भन्न रुचाइएका सिर्जनाहरूमा काफियाको व्यवस्थापन र प्रयोग अनि, रदीफ र तखल्लुस पनि प्राय भेटिदैन।
वि.सं.२०३६–२०५०
वि.सं. २०३६ सालको ‘मधुपर्क’ साहित्यिक पत्रिकामा ज्ञानुवाकर पौडेलको ‘मुक्तक’ शीर्षकमा प्रकाशन भएको एउटा रचनाले गजलले संरचनाभित्र प्रवेश गरेको मानिएको छ।
- ललिजन रावल – केही गजलहरू (२०४२),
- विरानो यो ठाउँमा (२०४६),
- सिरानीमा आँसु (२०५९),
- धर्मागत शर्मा ‘तुफान’– तुफानका गजलहरू, देशको माटो दुख्ने गर्छ, रवि प्राञ्जल– ‘उही बाढी उही भेल’, ‘घामका झुल्काहरू’, ‘तारिदेऊ न माझी दाइ’ आदि गजल सङ्ग्रहहरू प्रकाशनमा भएको छ।
वि.सं. २०५० – हालसम्म
गजलकारहरू मनु ब्राजाकी, डा. कृष्णहरि बराल, घनश्याम न्यौपाने ‘परिश्रमी’ आदि वरिष्ठताको श्रेणीमा बाँधिएका छन्।
यस कालका प्रमुख गजलकारहरू तथा कृतिहरूमा
घनश्याम न्यौपाने ‘परिश्रमी’ – ‘
यो मौसम ( २०५०) घामको छहारी ( २०५२) जून चुहेको रात (२०६०),
मनु ब्राजाकी–
गजलगङ्गा (२०५१) काँडाका फूलहरू (२०५६) के हेरेको ए जिन्दगी (२०६४),
बूँद राना – रातो मलाई प्यारो (२०५६) चल्दैछ जिन्दगी (२०६४),
वियोगी बुढाथोकी – आफन्तका चोटहरू (२०५२),
राजेन्द्र थापा – सुर्जे पनि अस्ताउन मात्रै (२०६२) सहनैको छाती अचानो (२०६२),
श्रेष्ठ प्रिया ‘पत्थर’ – पग्लिएका कथाहरू (२०५३) पत्थरका प्रलापहरू (२०५९) आँसुको सौगात (२०६०),
कृष्ण पौडेल ‘बी’ – नानी हजुरको (२०६१),
कृसु क्षेत्री – अद्र्धमुदित आँखाहरू (२०५८),
मुन पौडेल – गजलोत्सव (२०५३),
गोवद्र्धन पूजा – धर्तीको धूलोमा (२०५४).
भीम विराग – भीम विरागका गीत गजल (२०५७)
रासा –रात निदाएको रातमा (२०५८),
माधव वियोगी –गुम्सिएका भावहरू (२०५८),
ऋचा लुइँटेल – बाँसुरीका धुनहरू: (२०५८),
पुष्पलता कलमका डोवहरू,-
सन्तोश काफ्ले "स्पन्दन" ,२०६४-स्पन्दन, (२०६१ (बराल, २०६४, पृ.२१६–२६८) रहेका छन्।
- प्रकाश अर्याल "चुकुप्रकाश"
No comments:
Post a Comment