सुख सगैँ शान्ति बोकि आओस यो नयाँ वर्ष!!
हरेक मनमा खुशि बनि छाओस यो नयाँ वर्ष!!
खुसि फूलोस डालि भरि ओईलिएर झरुन दुःख।
सधैँ यस्तै बसन्ति पन लाओस यो नयाँ वर्ष!!
स्वतन्त्र हुन सबै मानिस बाध्यताको बाँध नहोस।
जेल नेलको अब मुक्ति पाओस यो नयाँ वर्ष!!
पौरख पोखोस यै देशमा मुग्लानीले घर फर्केर।
सुख दुःख आफ्नै घर मनाओस यो नयाँ वर्ष!!
हिजो बिर्सि आज रमाई भोलिको दिन सम्झिएर।
हर लक्ष्यमा सफल हुँदै जाओस यो नयाँ वर्ष!!
अनुरागी बिनोद
हाल परदेशबाट
No comments:
Post a Comment