नेपालीको पिढा बग्ने नहर होस !!
आशा छ नव बर्ष संग आमा लाई !
छुरा हान्ने ती दुस्टको ठहर होस !!
हिड्छन ती ठिटा किसान पर्देशी बनि !
गाउ का गोठमा हल बहर होस !!
नजाउन नव बर्षमा मित्र मुग्लानी भै !
गरि खाने हाम्रो आफ्नै शहर होस !!
चेली रुन्छन अरे कोठिमा आज पनि !
ती दलाल मेट्ने कडा जहर होस !!
-ओम प्रकाश आचार्य
थलाहा गा.बि.स.-२ मोरङ
हाल- मरुभूमि साउदी अरेबिया
थलाहा गा.बि.स.-२ मोरङ
हाल- मरुभूमि साउदी अरेबिया
No comments:
Post a Comment