Sudip Kafle

जुन केटीले भाऊ खोज्छे, बा~ल नदे त्यस्लाई
सोल्टी अलिक सन्कि छ हौं, ता~ल नदे त्यस्लाई ।
"डो" को चिन्ता छैन भनि आई पुग्ला जक्सनमा
सुड्डो कप्स हुन सक्छ, चा~ल नदे त्यस्लाई ।
सुक्कोसेन्टी झिक्ने हैन ल्याङ गर्छ जहिल्यै
सामान खान आउला तर, मा~ल नदे त्यस्लाई ।
भेजा ह्याङ हुने गरी बाऊ यसो भन्छन् याra
भात नदे, तिऊन नदे, दा~ल नदे त्यस्लाई ।
No comments:
Post a Comment