शालिग्राम अर्याल |
गफै गफ
आज मेरो भेट कहिल्यै नचिनेका,नसुनेका र नभेटेका आ.ग.सं.काअध्यक्ष भनिने मान्छेसंग भयो।उनले मलाइ एक्कासीयस्तो मल्टीपल च्वाइस खालेप्रस्नहरु सोधे , जहाँ मेरो उत्तर कुनै मिलेन।अनि मैले सोधें- तपाईं रेडियो ,टि.भि.बाट आउनु भा हो ? किनभने त्यहांपनी उन्कै प्रस्न र उन्कै उत्तरमाएस.एम.एस. गरि उत्तर माग्छन ।हाम्रो मनले छानेको उत्तर त्यहा हुदैन । उनले भने- यो जबर्जस्ती आफ्नो खुसीले छान्ने उत्तर हो । हामी पनि
एफ.एम.जस्तैनै हो । उनले तलका प्रस्न र उत्तर दिदै मलाइ छान्न लगाए ।
पर्सि सम्ममा उत्तर छानीकमेन्टबाट पथाउनु पर्ने रे ।तपाइहरुले मलाइ पठा-
उनु म उत्ता पठाउला ल !धेरै उत्तर मिलाउनेलाइ पु रस्कार र अन्य वेवास्ता
गर्ने रे ! उन्ले दिएका प्रस्न उत्तर यी हुन । त्यही तपाइलाइ दिन्छु ।
१) आ.ग . सं. को पूरा अर्थ के हो ?
क) आगलागी गराउने संगठन
ख) आभाराहरुको गफाडी संगठन
ग) आपराधिकगतिबीधी गराउने स्संगठन
घ) माथीका सबै
२) सार्क भनेको के हो ?
क) नेताहरु देखाउने पार्क
ख) आठ देसको मार्क
ग) देसलाई बनाउने डार्क
घ) माथीका सबै
३) नेपालमा संविधान बन्ने छांट छैन । किन ?
क) ससक्त र ससस्त्र आन्दोलनको कमी
ख) आठ र बाह्र बुंदेले आठ बाह्रको अलछिन लगाएर
ग) जनयूद्धकालमानै हालका सबै नेताहरु एक - अर्काको गोलीबाट मारिन बिर्सिएर
घ) माथीका सबै
४) सम्विधान नबने माघ ८ पछि के हुन्छ ?
क) ४७ को संविधान व्यूतिन्छ
ख) पार्टीका नेताहरु देस निकाला हुन्छन
ग) ठूलो रण संग्राममच्चिन्छ
घ) माथीकासबै
५) अरुले भ्रस्टाचार गरे अख्तियारले समात्छ , अख्तियारलेनै घुस खाए वा भ्रस्टाचार गरे के हुन्छ ?
क) अख्तिरका कर्मचारी धनी हुन्छन
ख) अरु भ्रष्टाचारी लाई कारवाही छुट हुन्छ
ग) नेताका मुखबाट राल चुहिन्छ
घ) माथीका सबै
६) सर्वोच्च अदालतले गलत फैसला गरे के हुन्छ ?
क) सबैले चुप चाप बस्नुपर्छ
ख) अपराधिलाइ मस्ती हुन्छ
ग) अपराधको नजिर बसी सधैंलाइ काम लाग्छ
घ) माथीका सबै
७) हाल नेपालका नेता,मन्त्री र ठुला कर्मचारीका खान्की कति छ ?
क) ठूला सेता हात्तीको जति
ख) आफ्नो र नातेदारको घरमा अटाए जति
ग) बैंकमा अटाए जति
घ) माथीको सबै
८) चोर बुद्धि सिक्न कहाँ जानुपर्छ ?
क) कर्मचारीका संगतमा
ख) नेताहरुको संगतमा
ग) एन.जि.ओ. र आइ.एन. जि. ओ. को संगतमा
घ) माथीका सबै
९) डन र गुण्डा कहाबाट संचालित हुन्छन ?
क) राजनेताहरुबाट
ख) प्रहरी तथा प्रशासनबाट
ग) साहु महाजनबाट
घ) माथीका सबै
१०) तपाइको बानी कस्तो छ नि ?
क) चाकडी र चाप्लुसी गर्ने
ख) मुखमा राम बगालीमाछुरा
ग) ताक परे तिवारी नत्र गोतामे
घ) बो राम्रो आत्मा चाम्रो
११) तपाइले पार्टीहरुलाइ कस्तो ठान्नुभाछ ?
क) मुखले देउताजस्तो काममा ठग
ख) दुनिया ठगेर धनी बन्ने
ग) कर्मचारीका हतियार मात्र
घ) नामर्दहरुको जत्था
१२) मलाइ कस्तो देख्नु भा छ ?
क) आफैं जस्तो
ख) नेता जस्तो
ग) कर्मचारी जस्तो
घ) पागल जस्तो
अन्त्यमा, सबै नंबरका सबै रोजाइहरु मध्ये एक एकमा चिनो लगाइ कमेन्ट्गरी
पर्सीसम्ममा पठाउनु पु. पाउनु हुनेछ ।
No comments:
Post a Comment