"मुक्तक"
त्यो फक्रिएको फुल फल्न नपाई झर्छ
अनि संधैको लागि संसार बाटै मर्छ
दाईजो बिना बिहे न गर्नेहरु लाई
कि जन्म कैद कि मृत्यू दण्ड दिनु पर्छ
दर्शन नमस्ते तथा साहित्यिक अभिबादन
एक थुकि सुकि सबै थुकि नदी यो भनाईलाई हामीले मुक्तक मार्फत छर्लङ पारिदिएका छौ !
आज म निकै खुशी छु किन भने दाईजो प्रथाका कारण अकाल मै झुण्डिएर बिष खाएर मर्न बाध्य भएकी ति हाम्री छोरीको कथा ब्यथा अनि परिवार बाटै मट्टितेल डिजल पेट्रोल हाली आगो लगाएर कुटपिट गरी अपाङ भई मृत्यूसंग लडिरहेकी ति हाम्री चेलीको कथा ब्यथा मुक्तकमा बोल्न पाउदा ।। म एउटा कुराको स्पष्टिकरण दिन चाहान्छु । 21 औँ शताब्दीमा पनि हामी कुवा भित्रको भ्यागुता जस्तै भएका छौ ।। अब हामीले यो कुरा बुझ्न जरुरी छ ।हामी जन्मदा खाली हात यो संसारमा जन्म लिन्छौ अनि मर्दा पनि खाली हात यो संसारबाट बिदा लिन्छौ यो प्रतिषप्रधाको जमाना हो यहाँ अब मागी बिबाह दाईजो प्रथा यि यस्ता कुरितिहरु चल्दैन्न । जो कोहि मान्छेले पनि आफुले मन पराएको मान्छेसंग बिबाह गरेर झुपडी मै खुशी साथ बाँच्न सक्छ । त्यसैले हामीले कहिल्यै पनि धनको घमण्ड नगरौ आफ्ना छोरा छोरीको इच्छा चाहानाको संधै कदर गरौ छोरा छोरीले मन पराएका मान्छेसंग मात्र बिबाह गरि दिँऊ हामीले दाईजो लिने दिने काम भुलेर पनी नगरौ । हुनेले त दाईजो दिन सक्छ तर नहुनेले दाईजो दिन सक्दैन । यो कुरा हामीले संधै बुझिराखौ म तपाई हामी सबै मिली जुली दाईजो प्रथाको अन्त्य गरौ अनि हाम्रो मानब भएको कर्तब्य पुरा हुने छ ।
दाईजो बिशेष 11औँ मुक्तक दोहोरी सञ्चालन गर्नु हुने आत्मिय साथी प्रकाश अर्याल ज्यू प्रति म निकै आभारी छु । र मुक्तक दोहोरी समय अबधिभर आफ्नो अमुल्य समय खर्च गरेर मुक्तक दोहोरीलाई साथ दिनु भएकोमा सम्पुर्ण मुक्तक मनहरु प्रति पनि निकै धेरै आभार प्रकट गर्न चाहान्छु मुक्तक दोहोरीमा मेरा मुक्तकहरुको सवाल जबाफ दिनु हुने नरेन्द्र दाई. संगित बिरही.ईन्द्र बि.टी .बि बि तामाङ घिसिङ. सम्झना रेग्मी सानु . भबानी अधिकारी नेपाल . साहित्यप्रेमी तेज बोहरा .सुभद्रा जि एम .हरिशरण अर्याल र नाम छुट्नु भयका समस्त सबैमा हार्दिक धन्याबाद ज्ञापन गर्दछु ।।
यो टोली अगाडी बढ्ने छ पक्कै
अन्धोले पनि यहाँ पढ्ने छ पक्कै
हाम्रा यि हजारौ मुक्तकहरु मार्फत
हो दाईजो "प्रथा" हट्ने छ पक्कै
पुरन बियोग
पुरन्धारा आठ पश्चिम दाङ
No comments:
Post a Comment