Shaligram Aryal |
खराब कर्म चिनी दूर फालौं ।
गल्ती भए झट्ट सच्याइ हालौं ,
घमण्डको भाव् कहिल्यै नपालौं ।
ङ्याराङ र ङुरुङ झगडा नगर्नु ,
चलाखभै बुद्धि विकास गर्नु ।
छकाइ ढाँट्दा पर- दु: ख पर्ला ,
जन्मेर शत्रु सहयोग नगर्ला ।
झन्झट भएमा त्यसलाइ टार ,
ञहिंछ कर्म- फल जो अपार ।
ट्ठ्याइसाथ सब काम गर्दा ,
ठगिन्न साँच्चै सुर राखी गर्दा ।
डराइ काम कहिल्यै नबन्ने ,
ढलाइ शत्रुत्व अगाडि बढ्ने ।
ण बाट शब्द एउटै नखोज्नु ,
तर्सेर हुन्न दु: ख काम रोज्नु ।
थकाइ मार्नु सकी काम एक ,
दर्जा बहादूर कमाइनेछ ।
धनादी बुद्धि परिपुर्णतामा ,
नराख गर्व बल साधनामा ।
पहाडमा जङ्गल बूटी हुन्छ ,
फटाह र तस्कर देखि रुन्छ ।
( पढेर बुद्धि सीप ज्ञान सिक्नु ,
फट्याइको दुर्गुणलाइ झिकनु ।)
बठ्याइसाथ सब काम गर्नु ,
भ्रष्टादि कर्म कहिल्यै नगर्नु ।
मज्जा- मनोरञ्जन केही मात्र ,
यज्ञादी कर्म नगरे समाप्त ।
रक्षा सबैको गर प्राणी मात्र ,
लक्ष्य यसैको लिइ हौ सुपात्र ।
वकालतै न्याय चिनेर पक्ष ,
शक्तित्व बढ्ला नलिंदा विपक्ष ।
षट्कोण विद्यालय चिन्ह जान्नु ,
सफा र शुद्ध चिज खान छान्नु ।
हँसाइ राख्नु दुनिया तमाम ,
क्षमा दिंदा बढ्दछ नाम धाम ।
त्रसीत हुन्छौ किन ? दोष छैन ,
ज्ञ- ज्ञानले मात्र हुनेछ चैन ।
अज्ञानलाइ पढेर फाल ,
आचार राम्रो तिमीले बसाल ।
इनाम मिल्छ गरलौ सुकर्म ,
ईनार खन्दा पनि मिल्छ धर्म ।
उठ्दैन रीस अतिसार राम्रो ,
ऊचाइमा रीस पुग्यो नराम्रो ।
एघार मैना पछि चैत्र मास ,
ऐंसेलु र काफलको तमास ।
ओछ्याइ राडी बस योग ध्यान ,
औलो बिगारे पनि जान्छ ज्यान ।
अंगारलाइ कहिल्यै नछुनु ,
अ:धैर्यभै दु:ख परे नरुनु ।
ऋणै बढे रोग बढेछ मान ,
ऋचा ऋचा वेद पढेर जान ।
ॐ अक्षरै शुद्ध पवित्र मान्छन ,
श्री प्राप्तीभै स्वर्ग पुगिन्छ भन्छन ।
इति श्री
-शालिग्राम अर्याल
धादिङ
No comments:
Post a Comment