। । । । । । गजल । । । । । ।
जिन्दगीको रेलगाडी, हाँक्दा हाँक्दै रड्किदिन्छ
आधी बाटो नपुग्दैमा, पाङ्ग्राहरू पड्किदिन्छ १
हुर्केबढे छोराछोरी, मुग्लान् तिरै पाइला चाले
बुढाबुढी आमाबाको, सेवा सत्कार् खड्किदिन्छ २
बुढाबुढी आमाबाको, सेवा सत्कार् खड्किदिन्छ २
ज्वरो आई शिर दुख्दा, मजेत्रोले बाँधी बाँधी
काम गर्छिन् बुढी आमा, झनै कम्मर् सड्किदिन्छ ३
काम गर्छिन् बुढी आमा, झनै कम्मर् सड्किदिन्छ ३
जमीन धितो राखी उता, कमाउन गयो छोरो
पैसा माग्दै यता साहु, लिलाम् गर्न कड्किदिन्छ ४
पैसा माग्दै यता साहु, लिलाम् गर्न कड्किदिन्छ ४
एकातिर प्रस्थान् बिन्दू, आर्को तर्फ गन्तव्य छ
न त यता न त उता, बीच्मै जीवन अड्किदिन्छ ५
न त यता न त उता, बीच्मै जीवन अड्किदिन्छ ५
लास पनि भा'को छैन, बाँचेको नि आभास् छैन
यस्तै सोच्ले दु:खी आत्मा, भटक् भटक् भड्किदिन्छ ६
यस्तै सोच्ले दु:खी आत्मा, भटक् भटक् भड्किदिन्छ ६
सामन्तको छुद्र बात, सन्तानको मागहरू
ताल् मेल् गर्न अन्तरमुखी, सात् समुन्द्र फड्किदिन्छ ७
ताल् मेल् गर्न अन्तरमुखी, सात् समुन्द्र फड्किदिन्छ ७
युवराज गौतम (अन्तरमुखी)
कल्लेरी ६ सिमल डाँडा
धादिङ
हाल कतार
कल्लेरी ६ सिमल डाँडा
धादिङ
हाल कतार
No comments:
Post a Comment