Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » नेपाली नाटक (एकांकी) - लाग्छ ऊ आझ छिट्टै निदाएछ [ सर्जक : सुरेश प्रसाद अर्याल ]

नेपाली नाटक (एकांकी) - लाग्छ ऊ आझ छिट्टै निदाएछ [ सर्जक : सुरेश प्रसाद अर्याल ]

Suresh Prasad Aryal
लाग्छ ऊ आझ छिट्टै निदाएछ...
लेखक : सुरेश प्रसाद अर्याल 

------------------------------------------
[विधा:- नाटक(एकांकी)]
पात्रहरू:-
-----------
1-ऊ÷ एउटा युवक,पढे-लेखेको;साधारण...,आजको युवा
2-आमा÷ त्यो युवकको आमा
3-पाले÷ त्यो टोलको पाले
(आमा र पाले दर्शकको सामु आउदैनन्,बोली मात्र सुनिन्छ)
***
(नाटकको प्रारम्भ,पर्दा उठ्छ..)
[विध्यार्थीको जस्तै देखिने कोठा।ढोकाबाट भित्र पस्न साथ देखिन्छ-अगाडिको भित्तोमा हिमालयको ठूलो पोस्टर,दाहिने कुनो तर्फ एउटा पलंग,देब्रे तिर एउटा स्टडी टेबल,टेबलमा केहि किताबहरू,अनि ठूलो झ्याल,टेबल र पलंगको बिचमा बुक- र्याक..आदि-ईत्यादि...]
छेउकै कोठाबाट आमाको आवाज आउछ-
"बाबु!निदाईस् र?!"
ऊ-"अ आमा!निदाउनै थाल्या छु।"
आमा-"ऐऐ!अनि बाबु के भयो त आझ अन्तर्वाता तेरो?"
ऊ-"ठिकै भयो आमा!काँल गर्छु भन्या छ!!"
खामोशी केहि बेरको...
बाटोबाट पालेको आवाज÷"जाग्दै गर्नुस्!सुरक्षित सुत्नुस्!!
ऊ आफैमा बड्बडाउछ-"देशमा जागिरको त कुरै हरायो...खाएर नि के गर्ने!!खान नि पेल्नै पर्यो पैशा..अनि तलब....नास्ता गर्न नि नपुग्ने...!!
आमा-"बत्ति आफ नगर्या अझै?!सुत बाबु..भोली नि त छिट्टै उठ्ने भन्दैथिस् नि।"
ऊ-"हस् आमा।अब सुते!"
झ्यालमा उभिएर बाहिर चिहाउदै,आफैमा-"उफ्फ..साला निन्द्रै लाग्दैन!याहाको जागीर त आशै हरायो..!विदेशीन्छु भन्दा नि उहि कुरो-पैशा...पैशा..पैशा!!
आमा-"बुबाको औखती ल्या हो त तैले?"
ऊ-"बिर्सेछु..भोली ल्याउछु।"
आमा-"ऐऐ तर फेरि नबिर्सनु ल!!"
ऊ फेरि आफैमा बड्बडाउछ-"पैशा भा पो औखती आउछ!!उफ्फ्!!स्यामे साला अमेरिका जाने रे!!मीरा अस्ट्रेलिया!!सबैले बिर्सने छन्।आफु...!"
आमा-"सुत के बाबु!!बिजुलीको बिल अति आउन थाल्या छ।"
ऊ(झिझ्झिदै)-हस् हस् हस् उफ्फ्फ्...!!(अनि बत्ति आफ गर्छ र बेडमा पल्टिदै):-"कस्लाई के को रन्को कस्लाई के को रन्को..!!
तल बाटोबाट फेरि पालेको आवाज आउछ-"जाग्दै गर्नुस!..सुरक्षित सुत्नुस्!!"
ऊस्को मोबाईल बज्छ!
(आफैमा):-"को होला यति राती?!!ऐ!!मामा!!हजुर मामा!भन्नुस्!के रे?!!".....
कहि बेर पछि फोन काटिन्छ।
चेहरामा अति नै छट्पटाहट अनि पिडाको भाव देखिन्छ!ऊ फेरि झ्याल तिर जान्छ,केहि बेर बाहिर टोलाउछ अनि बड्बडाउदै फर्किन्छ:-"के भा छ र मलाई?कसरि म मेडिकलमा अनफिट?कसरि??!!नराम्रो आजसम्म छुया छैन,गर्या छैन...हे भगवान!!किन म संगै यो सब??!!"
ऊ बेहोश झै भएर गनद्रम्म लड्छ पलंगमा...!!
सन्नाटा...
आमा-"निदाईस् र बाबु?"
प्रतिउत्तर आउदैन।
आमा(अलि टाठो स्वरमा फेरि):-निदाई सक्या हो र त?"
प्रतिउत्तर आउदैन फेरि पनि!!सुनसान.. !!
आमा(आफैमा):-थाकेछ आज,कहिल्लै थाक्दिन भन्ने मान्छे!!छिट्टै निदाएछ!!"
तल बाटोबाट फेरि पालेको आवाज:-जाग्दै गर्नुस्!...सुरक्षित सुत्नुस्!!!!
[बिस्तारै पर्दा गिर्छ..)
[बिचारा आमालाई के थाहा?!!ऊ सधा-सधाको लागि निदाई सकेको थियो...!!]
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger