गजल
हरीहर कँडेल
हरीहर कँडेल
झुकाईन्छ आफ्नोशिर पैसाको लागी !
र खोजीन्छ जागिर पैसाको लागी !!
र खोजीन्छ जागिर पैसाको लागी !!
बाटो भरी अनगिन्ती बाधा आएपनी!
हिड्दै जान्छ फकिर पैसाको लागी !!
हिड्दै जान्छ फकिर पैसाको लागी !!
जात धर्म नछुट्याउने बहाना देखाएर!
भत्काइदैछन रे मन्दिर पैसाको लागी !!
भत्काइदैछन रे मन्दिर पैसाको लागी !!
पसिना बेच्छन कोहि तन बेचिदिन्छन!
मान्दैनन् केही दुखपिर पैसाको लागी!!
मान्दैनन् केही दुखपिर पैसाको लागी!!
देशको सिमा बचाउन पठाइयो जस्लाई!
बेचिएछ त्यही बिर पैसाको लागी !!
बेचिएछ त्यही बिर पैसाको लागी !!
कसैको भर लाग्न छाड्यो मलाई अचेल!
आफ्नै भइदिन्छन कुटिर पैसाको लागी !!
आफ्नै भइदिन्छन कुटिर पैसाको लागी !!
यस्पाली त संविधान लेख नेता महोदय !
कहिलेसम्म टार्छौ आखिर पैसाको लागी!!
कहिलेसम्म टार्छौ आखिर पैसाको लागी!!
No comments:
Post a Comment