[ २०७१ साल माघ १७ र १८ मा सम्पन्न चुकुप्रकाश बृहत मुक्तक दोहोरीमा समाबेश बिमल पहराई को केही मुक्तक हरु निम्न अनुसार छन् , जहाँ ५००० मुक्तक जम्मा भएको थियो ]
१)
अपूरो भए तिमी बिना माया जालमा थुने हुन्थ्यो
बाँकी जीवन संगै रम्ने जोडि मलाई चुने हुन्थ्यो।
कहियौ मुटु चिहाई हिडे बदलामा घात मात्रै
तुति रहेको दिल यो साथमा लिई उने हुन्थ्यो।
२)
कति तिता कति मिठा बात हुन्थे तिमी संग
संगै रुने संगै हाँस्ने साथ हुन्थे तिमी संग।
न्यानो न्यानो अंगालोमा बादिएर बस्दा हामी
औशी पनि पूर्णेको त्यो रात हुन्थे तिमी संग।
३)
माया मेरो पबित्र छ घातको कुरा नगर है
तिम्रै माया नशा बन्यो मातको कुरा नगर है
दियो बनी बलिराछु तिम्रा हरेक खुसी माथी
चोट पर्दा दुख्छ मुटु घातको कुरा नगर है।
४)
यो कुशुमे रुमाल तिम्रो लागि प्रीय
हेर त यो बेहाल तिम्रो लागि प्रीय।
दिलका बस्तिहरुमा कर्फ्यु जारी छ
बन्द अनि हड्ताल तिम्रो लागि प्रीय।
बिमल पहराई
हाडहाडे-५
गुल्मी
हाल:दोहा कतार
Home »
मुक्तक दोहोरि
» चुकुप्रकाश १३ औं मुक्तक दोहोरीमा बिमल पहराईले राख्नु भएको केही मुक्तकहरु [ बिषय : प्रेम ]
चुकुप्रकाश १३ औं मुक्तक दोहोरीमा बिमल पहराईले राख्नु भएको केही मुक्तकहरु [ बिषय : प्रेम ]
Labels:
मुक्तक दोहोरि
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment