- विषयवस्तुको आधारमा
- रदीफको आधारमा
विषयवस्तुको आधारमा:-
विषयवस्तुको आधारमा लेखिने गजल दुई किसिमका हुन्छन्।
मुसलसल गजल:-
जुन गजलका सबै शेरहरू एउटै विषयवस्तुमा लेखिएका हुन्छन्, त्यस्तो गजललाई मुसलसल गजल भनिन्छ।
गैरमुसलसल गजल:-
जुन गजलका शेरहरू फरक-फरक विषयवस्तुमा लेखिएका हुन्छन् भने त्यस्तो गजललाई गैरमुसलसल गजल भनिन्छ।
रदीफको आधारमा:- यस आधारमा पनि गजल दुई किसिमका हुन्छन्।
मुरद्दफ गजल :
जुन गजलमा काफिया र रदीफ दुवैको प्रयोग भएको हुन्छ त्यस्तो गजलाई मुरद्दफ गजल भनिन्छ।
गैरमुरद्दफ गजल :
जुन गजलमा रदीफको प्रयोग भएको हुँदैन अर्थात् रदीफविहीन गजललाई गैरमुरद्दफ गजल भनिन्छ।
No comments:
Post a Comment