मौलिक श्रीस नवलपरासी सुखौरा हाल बगरभित्रबाट। ब्यबस्थापक : चुकुप्रकाश बृहत मुक्तक दोहोरी |
भनेसरी पढ्न लेख्न पाइदैन लोडसेडिंगले।
अक्षरहरु राम्रो देख्न पाइदैन लोडसेडिंगले
यसरी पनी के बिकाश होला शिक्षा प्रणालीमा
सफलताको शिखर टेक्न पाइदैन लोडशेडिंगले।
मुक्तक २
बत्ती छैन जलस्रोतको हाम्रो देश धनि
कहिले सम्म बस्ने जनता यति दुखी बनी
साह्रा देशनै अन्धकार छ लाज कत्ति छैन
चुपचाप मौन बसेको छ उता सरकार पनी
मुक्तक ३
मेरी दिलकुमारीलाई गर्नु गर्यो लोडशेडिंगले
पढ्ने आज्ञाकारीलाई गर्नु गर्यो लोडशेडिंगले
बत्ती बिना सबै काम ठप्प भएको छ अरे
दिलकी हाराहारीलाई गर्नु गर्यो लोडशेडिंगले
मुक्तक ४
देशमा सधै एकै नास अन्धकार भयो
आउछ बजेट त्यहाँ पनी भ्रस्टचार भयो
सरकारबाट जनता सधै मार खेप्ने गर्दछ
एक पटक होइन यस्तो बारम्बार भयो ।
मुक्तक ५
बिजुली बत्ती गयो अनि छामाछाम भयो
के गर्नु र आखिर नगरी नहुने काम भयो
हाम्रो देश नेपालको यस्तो अवस्था देखेर
मलाई त नेपाल नै छोड़ी कही जाम भयो
मुक्तक ६
अँध्यारोमै जन्मिएर अँध्यारोमै बढियो
टुकी बालेर भए पनी दुःखले पढियो
उकाली ओरालि खोला नाला जहाँपनी
राम्रैसँग हिडियो क्यारे नत लड़ियो ।
मुक्तक ७
ज्यान जाला सरकारले केहि सुन्दैन हाम्रो
जती पुतला जलाए पनी नजल्ने चाम्रो
मैले जानेको तेहि सबले सोलर जडान गरौ
यसरी मुख दुखाउनु भन्दा मौन बसेकै राम्रो
[ माथिका सम्पूर्ण मुक्तक हरफहरु - चुकुप्रकाश १४ औं मुक्तक दोहोरी मा भएको मुक्तक को केहि अंश हो ]
बिवरण
मुक्तक दोहोरीमा भाग लिन हामी संग रहनु होला |
No comments:
Post a Comment