मानन्धर अभागी । काठमाडौं सम्पर्क : Facebook ID |
बजारमा माया प्रीति बासी चीज जस्तो भयो
ग्राहक त्यो फालाफाल जस्को भाउ सस्तो भयो
प्रेमको नाममा आज व्यापार जस्तो लाग्दैछ
खुले आम यत्रतत्र विकृति यो कस्तो भयो
मनुष्यको के कुरा भो देवालयमा देख्न सक्छौं
कामूक ती चित्रहरू चाहेको जस्तो त्यस्तो भयो
बजारमा माया प्रिती वासी चीज जस्तो भयो
ग्राहक त्यो फालाफाल जस्को भाउ सस्तो भयो ।
----------गजल २ ---------------
ठूलो आशा बोकी मैले फूलमाला उनें
कहिले आउँछौ औंला भाँच्दै दिनहरू गुनें
मनले खाएको मान्छे तिमीलाई पाएँ
असल मान्छे ठानेर तिमीलाई चुनें
राता माटाले लिपेर बाटो हेरी बसें
तिमी आउँछौ भनेर सपनाहरू बुनें
वसन्त ऋतु फे¥यो आरोहण गर्देछौ रे
हिमाल चढी तिमी चुचुरोमा पुग्ने सुनें
फूलहरू फुल्दै छन् आँगनीमा ढकमक्क
भँवरा थुप्रै आउँछन् ढोका मैले थुनें ।
----------गजल ३ ---------------
दुई आत्मा यौटा मुटु जसले आज छुटायो
मदन यता जल्दै गर्दा मुनाले आँशु वर्षायो
कस्तो लेखो लेखेको रैछ दुवै जनाको भाग्यमा
यता लाश उठाउँदै गर्दा उता डोली उठायो
यता सवै रुँदै छन् उता चाहीँ नाचगान
उता जन्ती आउँदै गर्दा यता मलामी वोलायो
चितामाथि मदनको लाश मुनाको शिरमा पलाँस
उता दियो वत्ती बाल्दा यता आगो लगायो
एक आर्का विना बाँच्दैनन् वावु आमाले बुझेनन्
ठूलो भुल गरेर आज अरुकै हात थमायो ।
----------गजल ४ ---------------
रिसाएर के गर्छौ फकाएर हेर
तिम्रो त्यो जवानी वहलाएर हेर
मन भित्र कुरा राखी राख्नु हुन्न
किन गुम्साइ राख्छौ बताएर हेर
आँट गरी एकफेर अबको भेटमा
कोमल उन्को हात समाएर हेर
अन्त किन चाहार्छौ आँखा डुलाएर
मनभित्र त्यो डेरा बसाएर हेर
वा मन फर्किन्छ कि मेरो विचार
यौटा मीठो गजल सुनाएर हेर ।
----------गजल ५ ---------------
आमा बन्ने ठूलो सपना तिन्ले सजाइ रहिन्
धोको पूरा भएनछ आँशु बगाइ रहिन्
तुहेको गर्भझैं मेरो यो जिन्दगी के जिन्दगी
कस्तो खोटो मेरो भाग्य उनी बर्बाइ रहिन्
ऋतुमती भा कै थिइन नियमित सँधै उनी
कोखै पो बाँजो रहेछ निसन्तान भनाइ रहिन्
निसन्तान त्यो शब्द आज आफैले सुन्नु पर्दा
स्वयं भगवान् आफै मन दुखाइ रहिन्
दुःखीलाई खुशी दिइ सन्तान वर दिइयो
तर आफूले आफैलाई आज धिक्कारी रहिन् ।
© मानन्धर अभागी । काठमाडौं |
No comments:
Post a Comment