गजल
भावनाले मुटु साटे हिऊ सरी खात भयो
मखमली फुल रोपे पलासको जात भयो ॥
राष्ट्रियता जोगाउन कलमले पोते तर
बिना भुल सज्जनको देशद्रोही हात भयो ॥
तँ को साटो तपाई बाडे इज्जत राख्न भनि
बैगुनीका सामु त्यो त बैश फुली मात भयो ॥
उठाऔ शिर दृढ भई केहि गर्न भन्दा
सबको सामु अप्रिय त्यो जुनीको नै घात भयो ॥
निस्वार्थले खन्याएका दृढ ती इच्छाहरू
गुम्सिएर भाडाभित्र भतेरको भात भयो ॥
गर्छस् भने केहि गर समाजकै लागि केटा,
उठ् चाडै "बिप्लब उदित" प्रभात पुरै रात भयो ॥
बिप्लब उदित रिजाल "अदृश्य"
थुम्बेदिन सात ताप्लेजुङ्
नेपाली गजल : भावनाले मुटु साटे हिऊ सरी खात भयो [ सर्जक : बिप्लब उदित रिजाल "अदृश्य"]
Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment