राज वाई.के. भारपा-२, पाँचथर
-हाल पर्देशको माटोबाट !!
|
त्यो दिल बाटै बारे हुन्छ
अन्त कतै प्यार भए,
उतै पाइला सारे हुन्छ
तिम्रो यात्रा सफल भए,
त्यो दिलबाटै खारे हुन्छ
भनिन्छ नि प्रेम युद्ध,
जीते हुन्छ हारे हुन्छ
उता साथ जुटाई गए,
मलाई एक्लै पारे हुन्छ
गजल २
टिपिल्याउँथे धन पैसा सानु परदेशमा फल्ने भए
बाल्थे होला दियो दिप पानीमा आगो बल्ने भए
दुख दर्द बेदनाको कुरै छोड सानु तिम्ले यहाँ ,
सुर्यलाईनै छलिदिन्थें हत्केलाले छल्ने भए
म पनि त जलिदिन्थें मरूभूमि ज्वाला भित्रै ,
काँचो सरिर मेरो पनि कगज सरि जल्ने भए
आए गए दुख चोट अझै कति बाँकी होला सानु,
चोट पुञ्ज नस्ट पार्थेँ होला मिसिन सरि चल्ने भए
दुनियाको कुरै छोड हाम्रो बेग्लै संसार छ सानु ,
दुख सारा पग्लिन्थ्यो नि ढुङ्गा पनि गल्ने भए
गजल ३
दुनियाको प्यास मेट्ने पानी बन्दै छौ'रे
माया बाँड्ने ममताकि खानी बन्दै छौ'रे
चोक गल्ली सडक पेटी खाली तिमी मात्र,
अर्धनग्न पहिरनकि रानी बन्दै छौ'रे
घमण्ड छ रुप बैँस आखिरीमा तिमीलाई,
आँखा भित्रै नबिझने नानी बन्दै छौ'रे
तिमी मात्रै आफू राम्रो अरू सबै देखिएन,
पवित्रता ढाकछोप मै ज्ञानी बन्दै छौ'र
आधुनिक नारी भन्दै उल्टा पाठ पढाएर,
तपस्वी झैँ आज आफैँ ध्वनि बन्दै छौ'रे
गजल ४
केही गर्ने आँट बोकी चालिएको यात्रा मेरो !!
बेकार भन्थ्यौ तिमीबाटै फालिएको यात्रा मेरो !
एकोहोरो भौँतारिएँ उजाड बगर आफैँ एक्लै,
तिम्रो लागि पथ भत्किएर टालिएको यात्रा मेरो
तिमी जाति आफैँ माथि कुल्चिएर वारपार 'राज'
तिमी सामु केहीगर्ने इच्छा, पालिएको यात्रा मेरो
सत्य लाई नि उल्टो ठान प्रगतिमा बोरु खुट्टा तान
गुम्ने छैन यो त बाँध पर्खाल हालिएको यात्रा मेरो
जुन तारा नि हैनौँ तिमी कृत्रिम फ्युज जान सक्छ,
मध्ये रातमा अमर दिप झैँ बालीएको यात्रा मेरो !!
राज वाई.के. भारपा२, पाँचथर
-हाल पर्देशको माटोबाट !!
No comments:
Post a Comment