फुर्बा शेर्पा
ताप्लेजुङ
हाल खाडी दोहा कतार
|
मुटुमा तिखो छुरा चलाउन नखोज तिमी ||
टिप्छु बनेर प्रेमि को फुल तिमीलाई रोजे |
बीचमै काडा बानी पलाउन नखोज तिमी ||
तिम्रो नै बोलिमा हराउने बानि परेको छ |
धिपिक्क वचन'ले ढलाउन नखोज तिमी ||
यतातिर आसदेखाई उता ठिक्क छौअरे |
ती! कुरामा मलाई छलाउन नखोज तिमी ||
कुट निति हैन माया नबुझ्ने किन तिमीले |
दुष्ट, यो संसार नै हल्लाउन नखोज तिमी ||
गजल २
खै दिए सजाय सिमित राखेका छन
बलात्कारिलाई जिवित राखेका छन
एक छिन करायो जनता सडक उत्रि
चमत्कारहरु निलम्बित राखेका छन
एकोहोरो चल्दै छ नारी हिंसा देशमा
कानुन अगाडि चिन्तित राखेका छन
कहिले सम्म चल्छन् यो बिक्रेता यहा
देखाई सानाठूला दलित राखेका छन
रुवाएर मातृ भुमि सराप लागेर होला
जिल्ला अञ्चल बिपरित राखेका छन
गजल ३
हरेक पल साहसी चल्ने मुटु हौ तिमी
बाहिर जिउँदैभित्र जल्ने मुटु हौ तिमी
सुखमा हास्ने दुखमा रुने किन होला
पापी रिसले छाती बल्ने मुटु हौ तिमी
मान्छे खराब जमान उस्तै छन हेर्नुस्
दुनियाँलाई ढाट्ने छल्ने मुटु हौ तिमी
कहिले हर्ष उमंगले हासिल हुदोरहेछ
पीडा बेथितिहरुले ढल्ने मुटु हौ तिमी
सोच्दा खेरि एक मजाको जिन्दगी छ
समयको घडीले धकेल्ने मुटु हौ तिमी
फुर्बा शेर्पा
ताप्लेजुङ
हाल खाडी दोहा कतार
No comments:
Post a Comment