
बिग्र्यो बातावरण धरती , दोस हाम्रै छ मान्छे ।
भत्क्यो पर्यावरण अहहा ? होस खोल्दैन मान्छे ।।
धर्तीको नै रुप विरुप भो , तातिदै भासिदै छ ।
बाक्ला काला उपवन यहाँ , नाशिदै मासिदै छ ।। १।।
झन्नै आधा अवनि मनुवा , खल्बल्याई सकेछौ ।
कार्बन्डाई तिस प्रतिसतै , क्या मजाले थपेछौ ।।
झन्नै पच्चिस् प्रतिसत चरा , लोप भो भन्छ विज्ञ ।
प्लास्टिक् रासायनिक मल नै , बोक्दछम् मूर्ख अज्ञ ।। २।।
मान्छे धेरै प्रजनन बढी , खाद्य सङ्कस्ट आयो ।
ओजोन्को नै तह बितह भो , हैम- खोला हरायो ।।
हामी नै हुम् अवनिभडुवा , दण्ड पाईरहेछम् ।
यस्ती राम्री सरस — धरती , उग्र पारीरहेछम् ।। ३।।
बद्रि प्रसाद दाहाल
धादिङ
No comments:
Post a Comment