सन्देश ?............
तोड्यौ ओली , रिकड उपका हूलका हूल राखी ।
दानापानी , सुख र सुबिधा , बाड देशै बिगारी ।।
नाकाबन्दी , मुलुकभर नै , अर्थको घोर मन्दी ।
जम्बो धान्ला ? मनन गरिद्यौ , काम भो झूर — गन्धी ।। १।।
गर्थ्यौ मीठा , प्रवचन हिजो , आज खुय्ल्यो मजाले ।
तिम्रा टुक्का , मिथक जतिले , आज गिज्ज्याइ हाले ।।
पक्कै जाला , पर मुलुकमा , नीच सन्देश ओली ।
रित्तै पार्लान् , पर —मुलुकले , जो मगन्ते छ झोली ।। २।।
_______________________________
देवकोटा प्रति !
हाम्रा गान — सुशान 'काव्य — छहरा ' ,ह्वौ भव्यता — नव्यता ।
हाम्रा ढाल — र साल — ताल —तबला ,ह्वौ सौम्यता —सभ्यता ।।
तानाशाहविरुध्द शुध्द — कविता , स्वच्छन्दता वीरता ।
छर्ने साहस वीर शारद — सुता ! सत् — काव्यका हौ पिता ।। १।।
चिर्दै जे असमानता विसमता ,बोल्यौ अहा ! साम्यता ।
मान्छेको मुख चम्किलो र हसिलो ,पार्ने थिए मान्यता ।।
सत्ताको रसपान गर्न कहिल्यै , लागेन औचित्यता ।
श्रस्टा सिर्जन शिस्टता — सरलता , अग्लाइ छन् बौध्दता ।। २।।
______________________________
एकतामै छ देश !
नाङ्गा पुत्ला , खुसु खुसु गरी , मस्कदै मस्कदै छन् ।
स्वामी खोज्दै , पर मुलकमा , भस्कदै भस्कदै छन् ।।
लज्जा शर्मै , सब हटिगयो , खण्डकारी जमात ।
नेपाली हो , उठ अब यहाँ , देशलाई समात ।। १।।
पाएनौ रे , असल अगुवा , मात्र स्वार्थी र डाँका ।
देशै तोड्ने , अधम भडुवा , मात्र पुत्ला र काचा ।।
खेतालाले , कति दिन दिन यहाँ , गर्दछन् मोज भोज ?
नेपाली हो ! उठ अब सबै , साधको थाम खोज ।। २।।
के भन्दैछन् , हिम शिखरले , गण्डकी तिर्सुलीले ।
के भन्दैछन् जनकपुरले , बुध्दको लुम्बिनीले ।।
मेचीकाली , सबतिर पुगौ , अन्न झुल्ने मधेश !
जागौ हामी , अब सब मिली , एकतामै छ देश ।। ३।।
_________________________
बद्री प्रसाद दाहाल / धादिङ
No comments:
Post a Comment