___________१___________
दाेष एकातिर थुपारेर के गर्छौ
कुरा जथाभावी बटारेर के गर्छौ
सुन्दर बस्ती बिगार्ने हेतुसहित
भन त जुधाएर पछारेर के गर्छौ
निकट कालमै हात छाेड्ने भए
फकाउँदै जंघार तारेर के गर्छौ
पुरानाे रमणीय संसार नै त्यागी
ए निष्ठुरी गुँड सारेर के गर्छौ
लक्ष्यविहीन ऊ पक्कै हाेइन हाेला
कठै! काेपिलामै मारेर के गर्छौ
____________२_____________
अाफ्नैहरु अलग्गिन्छन् हतारमा
र गल्तीहरु थपिन्छन् हतारमा
उसकै त्यो मर्जी नहाेला तर
घुम्टाेहरु अाेढिन्छन् हतारमा
हाे, समय तिम्रो पनि अाउनेछ
भन्दा पनि बहकिन्छन् हतारमा
पहाडै बज्रिए त सहनुपर्छ
मान्छेहरु अातिन्छन् हतारमा
सम्बन्ध दिगाे नहुन हाेला
गुलाबहरु साटिन्छन् हतारमा
___________३___________
कि तिमीले माेहनी लगाउन हुँदैनथ्यो
हर सपनीमा यसरी सताउन हुँदैनथ्यो
भन्ज्याङमा भेट्न भनी मैले बाेलाउँदा
चिरिच्याट्ट परि तिमी अाउन हुँदैनथ्यो
म मस्त निदाएकाे जान्दाजान्दै पनि
मध्यरातमा मिसकलले गिजाउन हुँदैनथ्यो
मनै त हाे सम्झिदिन्छ के दाेष यसको
घरिघरि तिमीले याद पठाउन हुँदैनथ्यो
अहिले अाएर ठुला कुरा गर्नुभन्दा
पहिलै पिरतिकाे रुख चढाउन हुँदैनथ्यो
_____________४________________
वास्तविकता बुझ घाेरिएर एकछिन
नबिर्सिदेऊ अतीत पिएर एकछिन
ए फूल , किन मुर्ख्याइँ गर्दैछौ
अाेइलिनुछ भन्ने बिर्सिएर एकछिन
बाटो छल्दैमा सफर टुङ्गिदैन नि
जिउन सिक्नुपर्छ एक्लिएर एकछिन
पिर तापहरु नष्ट हुन्न साेचेजस्ताे
ती परेलीका पानी पाेखिएर एकछिन
_________________________
राजकुमार भुजेल 'साजन'
कुम्पुर-५,धादिङ
हाल UCMS,भैरहवा
No comments:
Post a Comment