22/12/2015
"बनावटि यथार्थ"
यो चिसो मौसम मा
आभाष भयको छ
तिम्रो श्पर्स को अनि
त्यो
न्यानो काखको
म छटपटाइ रहेको छु
पल पल तिम्रो अभाव महसूस भएको छ
यो
मन एक्लिदै गएको छ
सबै देखि
यो गाऊ घर देखि
यो गा.बि.स. नगरपालिका देखि
जिल्ला अञ्चल अनि देश देखि
म थाकि सके
यो समाज संग
सबै भोका छन्
त्यो योबनको
पर्खिरहन्छन गिद्धले झै
सिनो लाइ
बस
भेट्यो कि कोपर्न सुरू गर्छन
केबल आफ्नो मात्र मान सम्मान अनि इज्जत
खोज्ने तिमिहरू
यो देशका बैरि
गिद्धझै नजर छ सधै
मौका को प्रखाइमा छन सबै
आफ्नो पराई मतलब छैन
बिश्वास टुट्दै गएको छ
घर
परिवार
आमा छोरा
दिदि भाइ
अन देवर भावज मा
मानव दानब बन्दै छ
देशले पूगेन
जातिए नारा ऊठाए
कतिले पाय कतिका अधुरा आफ्ना मागका लागि ति ढाइ करोड जनताको भावना लत्याऊनेले
जनताको भलो सोचेकै हुन
एक छाक खान मेहनत गर्नेहरू लाई हेर
अनि
त्यो
ठाऊमा आफुलाई राखेर सोच
यो देशको राजनीतिक
वा
राजनीतिक
जनता मारि प्रजातन्त्र
गणतत्र अनि लोकतन्त्र
केबल शब्दमा थन्किए
अनि किताबका पन्ना मा थन्किए
यो जिन्दगी पनि
बनावटि छ
माया
प्रेम
स्नेह
सद्भाव
सबै बनावटि छ
ति स्पर्श बनावटि छन
ति साथ बनावटि छन
ति मिठा चुम्बन बनावटि छन
यो यथार्थ सबै
बनावटि छ
खोक्रो छ
आडम्बरले ढाकिएको छ
सबै देखावटि छ
सबै बिकावटि छ
यहाँ
यस्तै यस्तै छ
दिपेन्द्र शुनामि दिप
शिबपुर बर्दिया
No comments:
Post a Comment