 |
-कल्पना पौडेल “जिज्ञासु”
गैडाकोट-४,नवलपरासी
हाल: इजरायल
|
आज भन्दा १०५ बर्ष अगाडि नुर्योर्कमा समाजवादी विचारका केही साहसि महिलाहरुले आफुले काम गर्ने कारखाना सुधारको माग राखी गरेको हड्तालले बिजारोपण्ँ गरेको महिला दिवस अहिले विश्व भरिनै झाङिदै गएको छ । नारीवादी आन्दोलनका छालहरु बिभिन्न बेग र उचाई लिएर समय सापेक्ष आवाजका साथ उठिरहेका छन् । यो क्रम अहिले पनि जारिनै छ । विश्वभरिमा कुनै पनि त्यस्तो मुलुक वा क्षेत्र नहोला जहा“ महिलाको उपस्थिती नरहेको होस् । बर्सेनि मनाउदै आइरहेको “नारी दिवस” नारी आन्दोलन तथा महिला विकास सम्बन्धी अन्य अनगन्ती कदमहरुले समाजमा आमुल परिवर्तन ल्याएको छ । भ्यान्टिना टेरेस्कोभाले झन्डै पचास बर्ष अघि भेटेको अन्तरिक्ष होस या अमेलिया अर्नहार्टले एकल परिक्रमा गरेको आधा महासागरको आकाश, फ्लोरेन्स नाईटिन्गेलले मलम लगाउन आरम्भ गरेका चोटहरु हुन् या दुई दुई वटा नोवेल पुरस्कार विजेता मेरी क्युरीले मिश्रण्ँ गरेका बैज्ञानिक प्रयोगशालाहरु हुन्, विगत सय बर्षमा महिलाका यी काम र योगदानलाई सबैले मनन गर्न थालेका छन् । समाजका हरेक क्षेत्रमा नारीको सहभागीता र उचाई हेर्ने हो भने अझै पनि महिला मुक्ति आन्दोलनको आवश्यकता नपर्ला जस्तो ठानिंदैन तर पनि महिला दिवस या नारीवादी आन्दोलन या महिलावर्गको हक र हितका लागि खोलिएका लाखौं सामाजिक संघ संस्थाहरुको औचित्य सकिएको छैन किनकी हाम्रो देशमा अझै पनि महिला हिंसाका घटना रोकिएका छैनन् ।
१ दाईजो नल्याएको निहुमा श्रीमान तथा परिवारका अन्य सदस्यद्वारा नारीकै हत्या ।
२ सामुहिक बलत्कारको बड्दो विकृती ।
३ छोरी जन्म्याएको कारण्ँ घरबाट निकालेर छोरा जन्माउनको लागि अर्को बिहे गर्नु
४ अल्ट्रासाउन्ड गरी हेर्दा गर्भमा छोरी रहेको थाहा पाउन साथ गर्भ पतन गराइदा छोरीको संख्या कमी हुनु ।
५ छोरीको जात हु“दा घरमा स–साना भाई बैनी हेर्नु पर्ने र काममा सघाउनु पर्ने हु“दा स्कुलमा छात्राको संख्या न्यून हुनु ।