सुन्छ र को मनका भावना बताउँ मैले !
संसारै अँध्यारो लागेकोछ के देखाउँ मैले !{१}
कल्लाई फुर्सद मिलछ अर्काको मर्का बुझ्ने--
बेदना पोखेर कतिनै दिन कटाउँ मैले !{२}
आ-आफ्ना समस्यामा अल्झ्या होलान सबैजसो--
मेरा दुख दर्द कहाँ लएर सुनाउँ मैले !{३}
हाँस्छन होलान मेरो राम काहानी सुनेर--
आफ्नो चिन्तामा अरुलाई किन जलाउँ मैले !{४}
कसैको खास बन्न डर पो लाग्छ मलाइ त--
भड्कि रहने हृदय कसरी जोगाउँ मैले !{५}
Bhakti Prasad Sapkota
भक्तिप्रसाद सापकोटा !चितवन ! हाल कतारबाट !
No comments:
Post a Comment