
(कृषि जागरण अभियान)
उचालेर कुटो कोदालो अब उठ्नु पर्छ
आयो किसान तिम्रो पालो अब उठ्नु पर्छ
बिहानी हुन्छ जान्छ, भाले बस्दैन अचेल
ढाक्न निशा बालि दियालो अब उठ्नु पर्छ
मात्र माटोले बुझ्छ पसिनाको मूल्य यहा
तोड्नुछ माफियाको जालो अब उठ्नु पर्छ
बिना कृषि देशको बिकाश कहिँ हुदै हुन्न
मिलेर उकालो ओरालो अब उठ्नु पर्छ
हातेमालो गर्दै सारा नेपाल उठ्यो भने
आफ्नै बाटो लाग्छ तुवालो अब उठ्नु पर्छ
कालिकोटे अनिश
दामन मकवानपुर
हाल काठमान्डौ
No comments:
Post a Comment