मुक्तक 1
हैरान परें यो समाजको बकबक बाट
दाईजो बिरोधमा यो आवाज मुक्तक बाट
कति सहने पीड़ा र निन्दाका घटना हरु
चेलिबेटि बचाऊँ कुरीति र नरक बाट
सागर भंडारी "बिभोर"
पाल्पा दर्पूक एक
हाल मरुभूमि
मुक्तक 4
दाईजो हटाउने अभियान सफल पारौं
मुखले मात्र हैन ब्यावहारमा उतारौं
दाईजो बिना छोराको बिहे नगर्नेहरु
त्यस्तालाइ समाज बाट परै लघारौं
सागर भंडारी "बिभोर"
पाल्पा दर्पुक एक
हाल मरुभूमि
सबैलाई
मुक्तक 24
अरुले दिएको सम्पतिले कहाँ चल्छ र
झार फुक र धामिको ओखतिले कहाँ चल्छ र
अझै पनि रूढ़िवादी अन्धबिस्वास् कति
धनकै लागि बिक्ने पिरतिले कहाँ चल्छ र
सागर भंडारी "बिभोर"
पाल्पा दर्पुक एक
हाल मरुभूमि
मुक्तक 28
उठौं जागौं हामी सबै दाईजो हटाउनलाइ
दाईजो बिसेस दोहोरिले फेसबुक तताउँनलाइ
फैलिनेछ जन चेतना अब यो अभियान बाट
नखोज कसैले दाईजो देऊ भनि फकाउनलाइ
सागर भंडारी "बिभोर"
पाल्पा दर्पुक एक
हाल मरुभूमि
मुक्तक 30
दाईजो प्रथा बन्द गरें नमानौं है केहि पीर
छोरा भन्दा कम छैनन् छोरी गर्छिन जागीर
आफ्नै खुट्टामा उभिदा सफल हुन्छौ नारी
समाज परिवर्तन गर्न नारी हुदैछन् गम्भीर
सागर भंडारी "बिभोर"
पाल्पा दर्पुक एक
हाल मरुभूमि
धन्यवाद
तपाईलाई यो दोहोरि कस्तो लाग्यो ? के तपाईलाई पनि चुकुप्रकाश मुक्तक दोहोरीमा भाग लिन मन लागेको छ ?
तपाईलाई यो दोहोरि कस्तो लाग्यो ? के तपाईलाई पनि चुकुप्रकाश मुक्तक दोहोरीमा भाग लिन मन लागेको छ ?
No comments:
Post a Comment