Komal Bhatta |
कोमल गज़ल
*********
जिन्दगीमा मीठो मुस्कान,सितिमिति पाइँदैन
झलमल्ल सुनको विहान,सितिमिति पाइँदैन
*********
जिन्दगीमा मीठो मुस्कान,सितिमिति पाइँदैन
झलमल्ल सुनको विहान,सितिमिति पाइँदैन
वसन्तमा फूल फ़ुल्छन्,शिशिरमा झर्छन् सवै
बाह्रै मैना फुल्ने उद्यान,सितिमिति पाइँदैन
बाह्रै मैना फुल्ने उद्यान,सितिमिति पाइँदैन
सुख दु:ख घुम्छन् सधैं,कुमालेको चक्र जस्तै
वेदनाको उचित निदान,सितिमिति पाइँदैन
वेदनाको उचित निदान,सितिमिति पाइँदैन
हिजोका ती वैभवशाली,कङ्गाल भए कति-कति
निरन्तरको मान सम्मान,सितिमिति पाइँदैन
निरन्तरको मान सम्मान,सितिमिति पाइँदैन
काम,क्रोध,लोभ बढ्दा,डगमगाए धेरै जना
नहल्लिने स्थिर चट्टान,सितिमिति पाइँदैन
नहल्लिने स्थिर चट्टान,सितिमिति पाइँदैन
कुरा जस्तै काम भए,स्वर्ग हुन्थ्यो नेपालमा
निष्पक्ष र स्वच्छ विधान,सितिमिति पाइँदैन
निष्पक्ष र स्वच्छ विधान,सितिमिति पाइँदैन
सरल शिष्ट 'कोमल' मान्छे,हराइ सके संसारमा
सुशान्तिको चोखो आह्वान,सितिमिति पाइँदैन
सुशान्तिको चोखो आह्वान,सितिमिति पाइँदैन
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
No comments:
Post a Comment