उसले दौलत कमायो ईमान बेचेर |
केटा केटी खेल्ने उही मैदान बेचेर ||
केटा केटी खेल्ने उही मैदान बेचेर ||
देशद्रोही भनु या के भनु म उस्लाई |
आफ्नै देशको रास्ट्रीय गान बेचेर ||
आफ्नै देशको रास्ट्रीय गान बेचेर ||
धनको लागि कही कतै झुक्दै नझुकि |
डाडै माथि देऊ-देवताको थान बेचेर ||
डाडै माथि देऊ-देवताको थान बेचेर ||
छोरा छोरी के खालान सोच्दै नसोचि |
घर खर्चको चामल अनि धान बेचेर ||
घर खर्चको चामल अनि धान बेचेर ||
कति सम्म निस्ठुरी हुदो रहेछ मान्छे |
प्राण भन्दा प्यारो आफ्नो जाहान बेचेर ||
प्राण भन्दा प्यारो आफ्नो जाहान बेचेर ||
-दीपक अधिकारी "चञ्चल"
संधिखर्क अर्घाखाँची
संधिखर्क अर्घाखाँची
No comments:
Post a Comment