"ठूलीभेरीको तुइन र हामी बीर नेपाली"
-------------------------------------
__ राजेश चोच्छे
-------------------------------------
__ राजेश चोच्छे
बीरबहादुर अर्थात बीरे
कक्षा पाँचका सामान्य बिध्यार्थी
हमेशा धावाधावामा बितिरहेछ
उसको बालापन
उसको आँगनमा बजाउँछन्
रुप्पीहरुले परेड
उसैको घरभित्र आउजाउ गर्छन्
सिठ्ठी फुक्दै गौंथलीहरु
करेसाको डिलैमा उभिएको
बकेनाको रुखपनि
अघ््घोरै रमाउँछ
हाथ हल्लाई हल्लाई
तर बीरेलाई एकैछिन फुर्सद छैन ।
कक्षा पाँचका सामान्य बिध्यार्थी
हमेशा धावाधावामा बितिरहेछ
उसको बालापन
उसको आँगनमा बजाउँछन्
रुप्पीहरुले परेड
उसैको घरभित्र आउजाउ गर्छन्
सिठ्ठी फुक्दै गौंथलीहरु
करेसाको डिलैमा उभिएको
बकेनाको रुखपनि
अघ््घोरै रमाउँछ
हाथ हल्लाई हल्लाई
तर बीरेलाई एकैछिन फुर्सद छैन ।
एकाबिहानै, घामका खुट्टाले
उसको पिंढि टेक्न नपाउँदै
गएका थिए
काँधमा सिंगो ब्रम्हाण्ड झैं
हलो बोकेका बाबुको पछिपछि
र बोकी आएका थिए
आफुभन्दा चारगुणा ठूलो
स्याउलाको भारी,
उसले नयाँ कुरा आविष्कार गरेकोछ
भारी बोकेर ओरालो झर्नुभन्दा
उकालो चढ्नुनै जाती रहेछ,
हतार हतार निलेका थिए
आमाले पकाएको ढिंडो
सिस्नुको तिहुनमा चोबल्दै
र कुदेका थिए किताब च्यापेर,
किनकि उसले भुलेको छैन
अस्तिनै ढिला स्कूल पुगेवापत
टंकसरले दिएको
एकझापड पुरस्कार ।
उसको पिंढि टेक्न नपाउँदै
गएका थिए
काँधमा सिंगो ब्रम्हाण्ड झैं
हलो बोकेका बाबुको पछिपछि
र बोकी आएका थिए
आफुभन्दा चारगुणा ठूलो
स्याउलाको भारी,
उसले नयाँ कुरा आविष्कार गरेकोछ
भारी बोकेर ओरालो झर्नुभन्दा
उकालो चढ्नुनै जाती रहेछ,
हतार हतार निलेका थिए
आमाले पकाएको ढिंडो
सिस्नुको तिहुनमा चोबल्दै
र कुदेका थिए किताब च्यापेर,
किनकि उसले भुलेको छैन
अस्तिनै ढिला स्कूल पुगेवापत
टंकसरले दिएको
एकझापड पुरस्कार ।
तल ठूलीभेरी , तर्नुछ तुइनमा
कुर्नुछ पालो, पुग्नुछ बेलैमा स्कूल
उसले सुनेको छ
मुखियाका नातिको मुखबाट
सहरको चर्चा
कम्प्युटर र भिडियो गेमको बखान
र सम्झिंदैछ
आजपनि बेलैमा स्कूलबाट फर्केर
मेला जानुपर्ने बाको उर्दी ।
कुर्नुछ पालो, पुग्नुछ बेलैमा स्कूल
उसले सुनेको छ
मुखियाका नातिको मुखबाट
सहरको चर्चा
कम्प्युटर र भिडियो गेमको बखान
र सम्झिंदैछ
आजपनि बेलैमा स्कूलबाट फर्केर
मेला जानुपर्ने बाको उर्दी ।
स्कूल छुट्टी भइसक्यो
अहिले ऊ किताब च्यापेर
पेटभित्र भोकको आयतन बढाउँदै
तुइनमा तुर्लुङ्ग झुण्डिएर
तर्दैछ ठूलीभेरी
र नियाल्दैछ आकाशमा
उड्दैगरेको चिलगडि
अनि अगाडीको
आफु उक्लिनुपर्ने
बाँदर लड्ने भीर हेर्दै
सम्झिंदैछ
अघिमात्र टंकसरले घोकाएको
महेन्द्रमालाको
हामी बीर नेपाली ।।।
अहिले ऊ किताब च्यापेर
पेटभित्र भोकको आयतन बढाउँदै
तुइनमा तुर्लुङ्ग झुण्डिएर
तर्दैछ ठूलीभेरी
र नियाल्दैछ आकाशमा
उड्दैगरेको चिलगडि
अनि अगाडीको
आफु उक्लिनुपर्ने
बाँदर लड्ने भीर हेर्दै
सम्झिंदैछ
अघिमात्र टंकसरले घोकाएको
महेन्द्रमालाको
हामी बीर नेपाली ।।।
----- जोरपाटी, काठमाडौं
No comments:
Post a Comment