नेपाली कविता : प्रेम प्रस्ताव [ दिपेन्द्र देव]
प्रेम प्रस्ताव
तिमीले फूल रोजेको बेला ..
किन किन त्यसै
मलार्इ यस्तो लाग्छ ।
व्यर्थै किन डुल्छाैं अन्तै ..
म तिम्रै अाँगनमा
फूलु जस्तो लाग्छ ।।
..
तिमी श्रृंगारिएको मलार्इ मन पर्छ ..
.
रातो लालीमा चढेको बेला
बिन्दियाले सजेको बेला
तिम्रै अाँखामा गाजल बनेर
सजिउँ जस्तो लाग्छ ।
तिमीले हेर्ने हर अाकृतिलार्इ
अाफ्नै रोजार्इ मानेर
हेरूँ जस्तो लाग्छ ।।
तिमी श्रृंगारिएको सधै हेरिरहुँ जस्तो लाग्छ ।
..
तिमी रमाएको मलार्इ मन पर्छ ..
.
बार्दलीबाट चन्द्रमा हेरेको बेला
ताराहरू सजेको बेला
कञ्चन मधुरो हावा बनेर
बगु जस्तो लाग्छ ।
तिमी चन्द्रमा भुलेर हेर्दा
तिमीलार्इ चाँदनी मानेर
पुजुँ जस्तो लाग्छ ।।
तिम्रो रोजार्इमा सधैं भुलिरहुँ जस्तो लाग्छ ।
..
तिमी रोएको म हेर्न सक्तिन ..
.
केशराशीहरू फिजिएको बेला
अश्रुनदी बगेको बेला
तिम्रो अाँखाबाट बगेर भित्र मन
थामु जस्तो लाग्छ ।
चर्किएका मनका डोरहरू
अँगालेर न्यानो बनार्इ
चुमु जस्तो लाग्छ ।।
बगेका अाँशुको कविता बुनुँ जस्तो लाग्छ ।
..
तिमी मुस्काएको मलार्इ मन पर्छ ..
.
छड्केनजरले हेरेको बेला
र्इशारा मुस्काएको बेला
तिम्रा सामु उभिएर
प्रस्तावगरूँ जस्तो लाग्छ ।
मनमा रहेका प्रेमहरू
शब्दको मन्त्र बनार्इ
फुकुँ जस्तो लाग्छ ।।
तिमी हिड्ने बाटोमा कुरूँ जस्तो लाग्छ ।
..
तिमीले फूल रोजेको बेला ..
किन किन त्यसै
मलार्इ यस्तो लाग्छ ।
व्यर्थै किन डुल्छाैं अन्तै ..
म तिम्रै अाँगनमा
फूलुँ जस्तो लाग्छ ।।
.. ..
.. .. .. .. .. .. .. ..
लेखकः दिपेन्द्र
(कविता)
Labels:
कविता
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment