'घर'
-------- राजेश चोच्छे ।
---------------------------
-------- राजेश चोच्छे ।
---------------------------
जीवनको उदेकलाग्दो उकालीमा
जव बेइमान हूरी चल्थ्यो
क्रूर चट््याङ्ग पर्थ्यो
तिमि ओत खोज्थ्यौ पिपलको
म न्यानो आश्रय खोज्थें झुपडीको ।
म तिम्रो हाथ समाएर
कदममा कदम मिलाएर
आफ्नै परिश्रमको हथौडाले
जीवनको डगर खोप्न चाहन्थें
तर तिमि हाथ छोडेर
स्वतन्त्र
अर्काको करेसा मास्दै
कुद्नमा रमाउँथ्यौ
खेल्नमा अघाउँथ्यौ ।
जव बेइमान हूरी चल्थ्यो
क्रूर चट््याङ्ग पर्थ्यो
तिमि ओत खोज्थ्यौ पिपलको
म न्यानो आश्रय खोज्थें झुपडीको ।
म तिम्रो हाथ समाएर
कदममा कदम मिलाएर
आफ्नै परिश्रमको हथौडाले
जीवनको डगर खोप्न चाहन्थें
तर तिमि हाथ छोडेर
स्वतन्त्र
अर्काको करेसा मास्दै
कुद्नमा रमाउँथ्यौ
खेल्नमा अघाउँथ्यौ ।
तिमि माथिमाथि उड्न खोज्थ्यौ
म गहिराइमा डुब्न खोज्थें
तिमि आकाशको जून सोच्थ्यौ
म केवल एउटा झुप्रो घर सोच्थें
आखिरीमा
गैगयौ सात समुन्द्रपारी
सपनाको देशमा फुरफुर उड्दै ।
म गहिराइमा डुब्न खोज्थें
तिमि आकाशको जून सोच्थ्यौ
म केवल एउटा झुप्रो घर सोच्थें
आखिरीमा
गैगयौ सात समुन्द्रपारी
सपनाको देशमा फुरफुर उड्दै ।
म त पलाँसको सुन्दरतामा रमाउने मान्छे
आमाको चरणमा स्वर्ग खोज्ने मान्छे
कहिल्यै खोजिन
सुन्दर कमलको सामिप्यता
कहिल्यै सोचिन जुटाउन
चारधामरुपी धर्मकर्मको सरदाम ।
आमाको चरणमा स्वर्ग खोज्ने मान्छे
कहिल्यै खोजिन
सुन्दर कमलको सामिप्यता
कहिल्यै सोचिन जुटाउन
चारधामरुपी धर्मकर्मको सरदाम ।
तिमि त समुन्द्रले घेरिएको देशमा
समुन्द्रमै डुबुल्की मार्न रमाउँछौ अरे
म समुन्द्र नदेखेको मान्छे
तम्मर खोलामा पौडी खेलेर
दुवाली छेकेर
माछा पोलेर खान मरिहत्ते गर्ने
आफ्नै झुपडीका दलीनहरुसंग बातमार्ने
गाउँको सोझो मान्छे,
तिमि तिम्रो मनजस्तै
चौडा सडकमा हिंडिरहेछौ
तिम्रो सोचभन्दा फराकिलो
आकाशमा उड्नु
तिम्रा उद्यश्यले चन्द्र चुमुन्,
म मेरा पुर्खाले खोपेका पहराहरुमा
कच्चिबाटो खन्दै
निरन्तर शीखर चुम्न लम्किरहेछु ।
समुन्द्रमै डुबुल्की मार्न रमाउँछौ अरे
म समुन्द्र नदेखेको मान्छे
तम्मर खोलामा पौडी खेलेर
दुवाली छेकेर
माछा पोलेर खान मरिहत्ते गर्ने
आफ्नै झुपडीका दलीनहरुसंग बातमार्ने
गाउँको सोझो मान्छे,
तिमि तिम्रो मनजस्तै
चौडा सडकमा हिंडिरहेछौ
तिम्रो सोचभन्दा फराकिलो
आकाशमा उड्नु
तिम्रा उद्यश्यले चन्द्र चुमुन्,
म मेरा पुर्खाले खोपेका पहराहरुमा
कच्चिबाटो खन्दै
निरन्तर शीखर चुम्न लम्किरहेछु ।
आमा सधैं भन्नुहुन्छ
नुन चाटेर भएपनि
आफ्नै झुपडीमा रमाउनुपर्छ
आज म, मेरी आमाको
सेतो कपालको छहारीमा सुस्ताउँदै
आफ्नै झुपडीमा
खोलेसातुमा रमाइरहेछु ।
नुन चाटेर भएपनि
आफ्नै झुपडीमा रमाउनुपर्छ
आज म, मेरी आमाको
सेतो कपालको छहारीमा सुस्ताउँदै
आफ्नै झुपडीमा
खोलेसातुमा रमाइरहेछु ।
कहिल्यै मेरो शांत
मनको तलाउमा ढुंगा नफ्याँक्नु
कहिल्यै मेरो झुपडीको
शान्ति खल्बल्याउन नआउनु,
म मेरो झुप्रो सुम्सुम्याइरहेछु
म मेरो स्वर्गझैं झुपडीमा रमाइरहेछु
मेरो झुपडी, मेरो घर ।।।
मनको तलाउमा ढुंगा नफ्याँक्नु
कहिल्यै मेरो झुपडीको
शान्ति खल्बल्याउन नआउनु,
म मेरो झुप्रो सुम्सुम्याइरहेछु
म मेरो स्वर्गझैं झुपडीमा रमाइरहेछु
मेरो झुपडी, मेरो घर ।।।
----- जोरपाटी, काठमाडौं ।
No comments:
Post a Comment