मुक्तककार : -कृष्ण प्रताप महत गुल्मी पिपलधारा |
हिजो त कामले थाक्या थिए झठ्ठै ।
त्यही कारण हजुर सुति दिए झठ्ठै ।
एक झप्को निद्रा परेन रातभर ,
खोइ कस्को यादले ब्युझिए झठ्ठै ।।
मुक्तक २
आज किन दुबै आँखा फरफर गर्दैछ ।
चुलो तिर आगो फेरि भरभर गर्दैछ ।
शुभ हो कि असुभ हो दुबै सङ्गै हुनु,
यहि डरले कोमल मुटु थरथर गर्दैछ।।
मुक्तक ३
ढेडु जस्तो तिम्रो मुहार खुबै तारिफ गर्नु भन्दा ।
आफू जिउदै मरि-मरि तिमिलाइ खुशी छर्नु भन्दा।
कति झुठो बयान गर्नु सधै झुठो कसम खाइ,
आमा-बाउ सङ्ग जिउछु तिम्रो लागि मर्नु भन्दा।।
मुक्तक ४
घरबार गरि कसैको जोई बन्ने हौली ।
यसो गरम उसो गरम बूढो भन्ने हौली ।
आधा माघ जादापनि अझै हतार छैन किन ?
ख्याल गर है कोहि कोहि बुढीकन्या हौली।।
-कृष्ण प्रताप महत
गुल्मी पिपलधारा
No comments:
Post a Comment