जे. सागर जन्मस्थान - बतासे- सिन्धुपाल्चोक स्थायी ठेगाना- काठमाडौं -३५ हाल - यु.ए.ई |
- म फुस्रो न स्कुले मास्टर, न कलेजको प्राचार्य, न कसैको हाकिम , न कसैलाई केही सिकाएको गुण,,,फेरिपनि बुढ्यौला उरण्ठेउला र बेहुलाका उमेर सम्मका सबैले "सर" भन्दिनु,
-घण्टा घण्टामा अभिवादन पाउनु ( बिहानको नमस्कार , चिया खाने बेलाको तातो सम्झना, तरकारी चलाउदै गर्दाको अभिवादन, खाइसकेर दाँत कोट्याउने बेलाको सुमधुर सम्झना,मध्य दिउसोको पसिनामय प्रणाम, साँझको समागममय रातको रंगीन ....)
-अरु अरु पनि धेरै छन् अहिले भन्दिन ल ......
एउटा सचेत नागरिक हुँ ,देशको अवस्था सम्झँदा पनि पीर लाग्छ, परिवारको जिम्मेवारी बहन गर्ने एक्लो छोरा हुँ घरको अवस्था सम्झँदा पनि पीर लाग्छ,जताततै लथालिङ्ग छ वर्तमान सम्झँदा पनि पीर लाग्छ, सीप ज्ञान धन बिनाको अन्योल भविष्य सम्झेर पनि पीर लाग्छ, परदेशमा छु काम राम्रोसँग गरौं सकुशल रहन सकुँ यी कुराको पनि पीर लाग्छ ,, यी यावत् पीरहरु त चाहेर नचाहेर झेल्नैपर्छ झेलेकै छु,, हुँदाहुँदा अस्ति भर्खर आएर यो मुला मार्क जुकरवर्गले कुन सन्की चढेर सिर्जना गरेको यो फेसबुकले पनि पीर नै थपिदिन्छ बा !! भ्याइनभ्याई फेसबुक खोल्यो फलानाकोमा कमेन्ट नगरेको धेरै भयो रिसायो कि !ढिस्कानाले आफ्नोमा गरेको गर्यै छ उसकोमा पर्म तिर्न नजाँदा आफ्नो वाल रित्तै हुने हो कि ! बरा ... त्यो भाइ म आइदिए हुन्थ्यो भनेर औधी आश गर्छ त्यसकोमा जान पाए हुन्थ्यो !
म र म जस्ता फेसबुके दीर्घ रोगीहरुले भन्न नसकेको तर सँधै टाउको दुखाइको विषय बन्ने साझा पीर हो यो,, एकताका यो पीरले आधा मासु बनायो मेरो पनि ! अब चाहिँ यस्ता कुरामा निरपेक्ष बनेको छु, आफूपनि पीर मानीमानी नगर्ने अरुबाट पनि अपेक्षा नराख्ने, म पनि मुड र फुर्सद भए लुखुर लुखुर आउँछु, तपाईहरु पनि जे सागरकोमा नगए के सोच्ला ! भनेर पीर मानीमानी भ्याइनभ्याई नआउनुस है, तपाई हामी उसै साथी छौँ ,उसै आत्मीय छौं , यो नाथे कमेन्ट त तपशिलको विषय हो ,, कि कसो ??? मेरो कुरो मन पर्नेले ड्याङ कि ड्याङ कमेन्ट गरौं त
उसो त उ बेलामा हेर्नपनि हलमा गएर निक्कै फिल्म हेरिन्थ्यो, एकदिन एउटा साथीले प्याच्च भनिहाल्यो ,, हैन तँलाई त सँधै फिल्म हलमा मात्र देख्छु त के हो ? एकछिन त सरम लाग्यो अनि फेरि सोचें लौ म त फिल्म हेर्नै गएँ रे ! त्यो मुलाले चाहिँ म फिल्म हेर्न गएको कसरी थाहा पायो त ? नजिकै मन्दिरपनि थिएन भजन गर्न जाँदा देख्यो भनौं भने !!
जिन्दगी पनि गजल जस्तै बन्यो, चाहेको सुख र खुसी "काफिया" जस्तै कहिल्यै दोहोरिदैन , नचाहेको दु:ख र पीडा "रदिफ" जस्तै दोहोरिएर आइरहन्छ !
लडि मरेका, डढी मरेका ,झुन्डी मरेका ,वान बतासले भेटेर मरेका, श्रीमतीको डाडुको झटारो कु-ठाउँमा लागी मरेका, अपच्दो धोकेर नालीमा मुन्टो जोति मरेका जस्ता मृत्युलाई एउटा पार्टीको सदस्यता नामको चिर्केटो लिएको र लठैतहरुलाई सत्तामा पुर्याउन दुई चार पटक हुल्लडबाजीमा पछि लागेको भरमा राज्यकोषबाट १० लाख र सहिदको उपमा पाएकाहरु बाहेक देशको लागि साँच्चै हाँसीहाँसी आफ्नो प्राणको आहुती दिने महान सहिदहरु प्रती हृदयदेखि श्रद्धाञ्जली !!!
हुन त नारीहरुको वाध्यता पनि होला उनीहरुलाई कसैले म तिमीलाई माया गर्छु,मन पराउछु भन्यो भने रिसाए जस्तो गर्छन् , चप्पलले हानौं भनेर नखरा पनि गर्छन् तर नारी होस या पुरुष जो सुकैलाई पनि यदि कसैले माया गर्छु मन पराउँछु भन्छ भने भित्री मनमा भने खुसी नै लाग्छ, भला अभिव्यक्त नगरिएला , सम्बन्ध नजोडिएला तर त्यो माया गर्छु भन्ने व्यक्तिप्रति उसको हेराई मायालु नै हुन्छ,,ल तामो तुलसी छोएर शिरमा हात राखेर मलाई माया गर्छु भन्ने मान्छेसँग रिस उठ्छ भन्नुस त !!
यो घृणै घृणाले ,रिसै रिसले, कुण्ठै कुण्ठाले,द्वेष ,अपमान ,तिरस्कार, खिचातानीे,असहयोगले भरिएको संसारमा एकजना मात्र माया गर्छु , मन पराउछु भन्ने मान्छे पाउनु सानो भाग्यको कुरा हो ?? त्यही भएर आफूलाई त माया गर्छु ,मन पराउँछु भनेर आउने कसैलाई पनि खाली हात पठाउन मन लाग्दैन,,,,जो दिएको लिइन्छ, जो भएको दिइन्छ
मेरो आमा, चाहिने भन्दा बढी भावुक मन र आँसु नै मेरा कमजोरी र शक्ति हुन् जस्तो लाग्छ घरीघरी
आज फेरि कतिजनाले आँखा तर्ने हुन् ! कतिजनाले धारे हात लगाउने हुन् !!
साँचो हो , एउटा सफल पुरुषको पछाडि महिलाको हात हुन्छ, झन् साँचो हो, एउटा असफल पुरुषको पछाडि पनि महिलाकै हात हुन्छ, त्यसैले बिश्वमा ५% पुरुष मात्र सफल छन् ,९५% असफल !! tongue emoticon tongue emoticon अब म जस्तै असफल पुरुषहरु ताली बजाउन थाल्नुस, महिलाहरु मलाई सराप्न थाल्नुस !!
हामी आधुनिकताको त्यो चरम चुलीमा पुगिसक्यौं कि बुबा आमा बृद्धाश्रममा छोड्छौं र घरमा कुकुर पाल्छौं
बरु सन्तान चोर बनुन सिमित व्यक्तिले थुक्लान ! डाँका बनुन सिमित समाजले मात्र थुक्ला ! जँड्याहा, गँजडी दलाल बनुन सिमित क्षेत्रमा मात्र बदनाम होलान तर हे इश्वर ! मैले अहिलेसम्म कुनै एउटा मात्र राम्रो काम गरेको रहेछु भने मेरो एउटा बिन्ती सुन -मेरा सन्तानलाई सम्पूर्ण देशले नै थुक्ने र घृणा गर्ने "नेता" नबनाइदेउ
खस्रा कुरा !
मलाई यो फेसबुकमा मन नपर्ने दुइथरी मान्छेहरू ,
इनबक्समा जन्मदिनको शुभकामना दिँदा र फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरेपछि धन्यवाद सम्म नभन्ने धन्यवादका हरिकंगालहरु ! (सो समयमा अनलाइन हुँदाहुँदै पनि)
आज बिहान टुथपेष्ट किन्दा एउटा ब्रस पनि फ्री मा पाएको खुसीमा दिनभरि मुख किच्चको किच्च छ, यति सानो आकाश अंगालेर कहिले उँभो लाग्छ्स पद्दु ??
जिन्दगीको यो उमेरमा आएर आज के नयाँ कुरा पत्ता लगाएँ भने एउटा मान्छेको औसत आयुको पुरा ३ वर्ष टोइलेटमा बसेर बित्छ रे ! ( नुहाउने ,धुने, ब्रस गर्ने हैन) सिर्फ .......बसाइमा मात्र ...!! गन्धी बात के धेरै गर्नु ,कुरो बुझिहाल्नुभयो होला नि !
No comments:
Post a Comment