मुक्तक १
सागर भण्डारी "बिभोर"
पाल्पा दर्पुक एक
|
लोडसेटीङ ले समाचार सुन्नै पनि आपत्ति
लालटिन बालेर गुजारा गर्न पर्ने कैले सम्म
यो समस्या कैले हट्छ ए सरकार भनिदे यत्ति
मुक्तक २
जरूरी थियो फोन गर्न उता सन्चो थेन
बढ्दो लोडसेडिंङले चार्ज गर्न पनि देन
कसरी अब था पाउने हाल खबर टाढाको
कैले राम्रो ब्यवस्था गर्न सरकारले सकेन
मुक्तक ३
बगेकि छन गंगा तल माथि सुख्खा टाट छ
हाम्रो पानी छिमेकिले सिंचाई गरी फाँट छ
हाम्रा नेता सुतिराछन कानमा तेल हालेर
उठौं जागौं गरौं भन्ने खै कस्को आँट छ
सागर भण्डारी "बिभोर"
पाल्पा दर्पुक एक
[ माथिका सम्पूर्ण मुक्तक हरफहरु - चुकुप्रकाश १४ औं मुक्तक दोहोरी मा भएको मुक्तक को केहि अंश हो ]
मुक्तक दोहोरीमा भाग लिन अथवा मिठा मिठा मुक्तक दोहोरी पढ्न / सुन्न हामि संग जोडिनु होला |
No comments:
Post a Comment