गजल
खोसिन सक्छ तिम्रो प्यार, बिचार गर प्यारी।
उजाडिएला सुन्दर घर-बार, बिचार गर प्यारी।
लोग्ने स्वास्नीको झगडा,,, हो परालको आगो,
माइतै बसि चल्दैन ब्यवहार, बिचार गर प्यारी।
ठाक्ठुक पर्छ कहिलेकाहीँ,,रिसाउनु हुन्न हेर,
त्याग्नु पर्छ त्यो कुबिचार, बिचार गर प्यारी।
बस्तुभाउ भोकै मर्छन, खेतीपाती हुन्छ चौपट,
आखिरमा पर्छ आर्थिकभार,बिचार गर प्यारी।
तिमी बिना सुनसान छ घर, ए! मेरि गृहलक्ष्मी,
गल्ती भो मेरो माफी देउ यार, बिचार गर प्यारी।
मरि लानु केही छैन हेर, दुई दिनको जिन्दगीमा,
मिलेरै बस्नु जीवनको सार,,,बिचार गर प्यारी।
बेहोशी कृष्ण कार्की
इटहरी सुनसरी हाल मलेसिया
Home »
गजल
» नेपाली गजल : खोसिन सक्छ तिम्रो प्यार, बिचार गर प्यारी [ सर्जक : बेहोशी कृष्ण कार्की - इटहरी सुनसरी ]
नेपाली गजल : खोसिन सक्छ तिम्रो प्यार, बिचार गर प्यारी [ सर्जक : बेहोशी कृष्ण कार्की - इटहरी सुनसरी ]
Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment