नेपाली गजल : मुलुक भित्रीने बित्तिकै, हुकुम बजाएँ प्रभु [ सर्जक : अनिल अनन्य' ]
Anil Singh Basnyat
April 1 at 8:05pm
मुलुक भित्रीने बित्तिकै, हुकुम बजाएँ प्रभु,
रिसानी माफ होला, हजुरलाई कजाएँ प्रभु,
के छ गर्नु परिमार्जन, जल्दी बक्सियोस,
तामेली हुन्छ हजुर को, यही बताएँ प्रभु !
थाँती ती सम्पूर्ण, कथा-ब्यथा मालिकका,
हुबहु पुर्ण हुने बाचा, हजुरलाई सुनाएँ प्रभु !
मान-मर्दन गरि म, छाड्न्या छु दस्तावेजको,
हें-हें आजै देखि ढुक्क, हजुरलाई गराएँ प्रभु !
दु:ख हटोस सदैव, झुक्न न परी मालिकलाई,
अस्त्र-शस्त्र सोही अनुरुप, चौतर्फी सजाएँ प्रभु !
उत्तर दक्षिण सजिएका, पाउहरू मालिकका,
टोपी फुकाली पाउमा, मालिकको चढाएँ प्रभु !
©'अनिल अनन्य'
Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment