--------00--00-----------
पुरन बियोग |
सोच्छ र निश्चल होस भावना
तपाई सम्पुर्णलाई मेरो तर्फबाट
यो 2072 नयाँ बर्षको शुभकामना
--------00--00-----------
सुख होस दुखको नासो नहोस नयाँ बर्ष
त्यही दुख घाँटीको पासो नहोस नयाँ बर्ष
यो बर्ष यस्तो होस सबै तिर खुशी छाहोस
तर शत्रु बैरीहरुको हांसो नहोस नयाँ बर्ष
--------00--00-----------
आकाशका तारा झार्ने सोचमा छु साथ दिने कोहि छ !
ति शत्रु बैरी हरु मार्ने सोचमा छु साथ दिने कोहि छ
अब त मैले यो नयाँ बर्ष 2072 साल यहि महिनामा !
झ्याँई कुटी झ्याँई पार्ने सोचमा छु साथ दिन कोहि छ
--------00--00-----------
यो नयाँ बर्षले सुनौले बिहान ल्याएर आओस
र सबै ठाँउमा पुज्ने भगवान ल्याएर आओस
यि भ्रष्टचारी नेता हरुको छिट्टै अन्त्य गरेर अब
मेरो प्यारो देशमा नयाँ संबिधान ल्याएर आओस
--------00--00-----------
उकाली ओराली झरौ जस्तो लाग्छ
र अब केहि गरेर मरौ जस्तो लाग्छ
यि नेपाल आमा रुवाउने नेतालाई
छिट्टै देश निकाला गरौ जस्तो लाग्छ
--------00--00-----------
सोच्छ निश्चल पबित्र भावना छ मेरो
तपाईको नै खुशी देख्ने चाहाना छ मेरो
यो नयाँ बर्ष 2072 सालको सबैलाई
हार्दिक मंगलमय शुभकामना छ मेरो
--------00--00-----------
मनमा माया मुटू भरी सम्झना छ
संधै हजुरको सुख देख्ने चाहाना छ
नव बर्षको मेरो तर्फ बाट हजुरलाई
हार्दिक मंगलमय शुभकामना छ
--------00--00-----------
खुशीको "रङ"छर्दै आऊ नयाँ बर्ष
रित्तिएका मन भर्दै आऊ नयाँ बर्ष
हो हाम्रो यो प्यारो जन्म भमिको
कुरिती अन्त्य गर्दै आऊ नयाँ बर्ष
--------00--00-----------
भुलि दिनु ति अतितका पाना
पुरा हुन सबै ईच्छा र चाहाना
यो नयां बर्ष "2072" सालको
यहि छ हजुरलाई शुभकामना
--------00--00-----------
हजुरको खुशी देख्ने मेरो चाहाना छ
मेरो पनि हजुर को जस्तै भावना छ
यो नव बर्षको मेरो तर्फ बाट पनि
हजुरलाई लाखौ लाख शुभकामना छ
--------00--00-----------
यहाँ बिकासको दियो बाल्नु पर्छ अब
नयाँ कुरा नयाँ काम थाल्नु पर्छ अब
म तपाई हामी अनि सबै यूबा मिली
हो एउटा छुट्टै पाईला चाल्नु पर्छ अब
--------00--00-----------
कहिले काँहि शिर पनि झुकाउनु पर्छ
मुल्य अनि मौका पनि चुकाउनु पर्छ
आफु लाई केहि काम परि आए पछि
दुई चार दिन भोक पनि लुकाउनु पर्छ
पुरन बियोग , दाङ
[ माथिका सम्पूर्ण मुक्तक हरफहरु - चुकुप्रकाश १५ औं मुक्तक दोहोरी मा भएको मुक्तक को केहि अंश हो ]
मुक्तक दोहोरीमा भाग लिन अथवा मिठा मिठा मुक्तक दोहोरी पढ्न / सुन्न हामि संग जोडिनु होला |
प्रतिक्रिया दिन नभुल्नु होला !
No comments:
Post a Comment