बिकेन्द्र सहयात्री
ओखलढुंगा,ठुलाछाप-1,जोरधारा
हाल मलेशिया
|
परेलीले अँखा छोपी आँसु,रोकेर हिड्नु पर्छ !!
यो दुनियाँ हासो सुखले मात्र भरिएको छैन
दुखको गोरेटो जिबनमा,बोकेर हिड्नु पर्छ !!!
मुक्तक २
पैसाले दिल धुजा यसरी बनाई दिन्छ !
सुन्दै अचम्म लाग्ने गरि बनाई दिन्छ !!
यो कागजी नोट कमाउन मान्छे लाई
आफ्नै शरीर बेच्ने बेपारी बनाई दिन्छ !!
मुक्तक ३
म आधा तिमी पूरा भए पछि
सपना सबै अधुरा भए पछि
त्यो मन धमिलो रहेछ भन्छौं
हेर्ने अँखै तिम्रा मधुरा भए पछि
मुक्तक ४
दुख नै दुखले भरिने , चोट कस्ले बनायो !
जिन्दगी भरी नमेटिने, खोट कस्ले बनायो !!
सोच्नै सकिन मैले,गरिबलाई रुवाउने,धनिले
संसार किन्ने कागाजि, नोट कस्ले बनायो !!
मुक्तक ५
खुशी हराएको दुखी दिन संग खेल्दै छ प्रदेशी !
मुटु खोप्ने बचनको पिन संग खेल्दै छ प्रदेशी !!
शिर देखी पाउ सम्म झार्दै पसिना तप्प तप्प
ठुला ठुला फलामे मेसिन संग खेल्दै छ प्रदेशी !!!
मुक्तक ६
बेसरी छाती पोलेर रुदै छु प्रिया !
मन मुटु सबै खोलेर रुदै छु प्रिया !!
त्यो न्यानो साथ छुटे पछि बेहोसिमा
बिरहको भाका घोलेर रुदै छु प्रिया !!
मुक्तक ७
मनको भारी बिसाउने चौतारी पाए देखिन् !
सुख दुखमा संघर्ष गर्ने दौँतरी पाए देखिन् !!
कसम आजै मन मुटुमा सजाएर राखि दिन्थे
यो मनले खोजेको असल नारी पाए देखिन् !!!
मुक्तक ८
निश्च्ल अनि पबित्र मायामा हार हुदैन भन्नेले !
मुटु खोप्ने बचनको प्रहार हुदैन भन्नेले !!
हेर परिस्थिति बद्लियो भन्दै अर्कै दुनियाँ रोजे
तिमी बिना जिउँने कुनै संसार हुदैन भन्नेले !!!
मुक्तक ९
आगो बिनै भित्र भित्रै जलि रहन्छु म /
निभ्न लागेको दियो झै बलि रहन्छु म //
चर्किएर घाउहरु भत्भती पोलि रहदा
तिम्रो यादले बेहोस भै ढलि रहन्छु म //
मुक्तक १०
जन्मे र यहाँ मान्छेले दिन्छ परिचय /
कतै हासो कतै खुसीले लिन्छ परिचय //
सुख र दुख जिबनको बाच्ने बहाना संगै
कतै नामि कतै बदनामीले चिन्छ परिचय
बिकेन्द्र सहयात्री
ओखलढुंगा,ठुलाछाप-1,जोरधारा
हाल मलेशिया
No comments:
Post a Comment