शालिग्राम अर्याल
नलाङ ७ बैरेनी , धादिङ ।
हाल अमेरिका , मेरिलेण्ड ।
२०७२/०१/०१
|
ब्रतबन्ध , बिबाह र माया पियार शुभकामना !!
पढाईमा , जागिरमा , नौला ठाउँ यात्रा अझै ,
जन्म दिन आए उस्को सियारमा शुभकामना !!!
मुक्तक २
आशीर्वाद - शुभकामना दिइराछौँ निरन्तर ।
आफन्तले दिंदा हामी लिइराछौं निरन्तर ।
यस्तै लिने-दिने गर्छौं कति फल कस्ले पायो ?
दिने-लिने सबै सधैं खिइराछौं निरन्तर !!!
मुक्तक ३
आशिवाद् र शुभकामना कर्मसंग जोड्न सिकौ, ।
एक् अर्काको दुख-सुख मर्मसंग जोड्न सिकौं ।
नयाँ बर्ष बहत्तरको दिएँ सबमा शुभकामना ,
आउँदा दिनमा यस्लाई अझै धर्मसंग जोड्न सिकौं ।।
मुक्तक ४
नव बर्ष सबैलाई देउ सुशान्तिको रस ।
सत्बुद्धी र सुस्वास्थ्यभै सबैको तनमा पस ।।
देऊ सत्मार्गको यात्रा नेता जन्ता सबैमहाँ ।
असत्- निकम्मको त्याग गराइद्यौ सबैयहाँ ।।
सम्पूर्ण इष्ट मित्र , बन्धु बान्धव , साथी संगी , आफन्तजन , परिवारजन र मान्यजनहरु प्रती नयाँ बर्ष २०७२को पुनित अबसरमा हार्दिक मंगलमय शुभकामना !! सम्पूर्णमा नमस्कार पनि है !!!!!!!
शालिग्राम अर्याल
नलाङ ७ बैरेनी , धादिङ ।
हाल अमेरिका , मेरिलेण्ड ।
२०७२/०१/०१
No comments:
Post a Comment