
खुसीयालि रहर बनि आयो नयाँ बर्ष !!
गाउँ गाउँ बस्ती अनि समाज खुलाएर,
सबै मिलि लहर बनि आयो नयाँ बर्ष !!
जाति धर्म संस्कृति लाई सम्मान गर्दै,
रमाइलो सहर बनि आयो नयाँ बर्ष !!
पुर्व मेची पश्चिम कालि हातेमालो गर्दै,
सम्मानित ठहर बनि आयो नयाँ बर्ष !!
शुभकामना बटुलेर करोडौँ साक्षी राखि,
सुखी खुसी खबर बनि आयो नयाँ बर्ष!!
-राज वाई.के.(युवराज) भारपा२,पाँचथर-
-हाल परदेशि कर्म भुमि बाट-
गजल २,
सगरमाथा शिर हाम्रो चुलाएर आयो नयाँ साल !!
मेची कालि रातै गुराँस फुलाएर आयो नयाँ साल!
हरियाली पाखा हेर पहाड हिमाल कति राम्रो देश,
मधेस तिर धानबाला झुलाएर आयो नयाँ साल !!
जाति भाषा धर्म संस्कृति छन् कति कति बिसाल,
हामी सबै नेपाली लाई खुलाएर आयो नयाँ साल!!
संसार मै महान देश त हाम्रै नेपाल तपो भुमि नै हो,
परदेशीका सारा दुखहरू भुलाएर आयो नयाँ साल
संसार भरि नेपाली मन छरिएर बिबश्तामा बसे पनि,
सुख सान्ति समृद्धि लाई डुलाएर आयो नयाँ साल !!
-राज वाई.के.(युवराज)भारपा२ पाँचथर मेची नेपाल-
गजल ३,
बुद्ध भुमि ज्ञान भुमि घर सगरमाथा मेरो !
नेपाली हुँ नेपाली छु थर सगरमाथा मेरो !
पुर्खाको उपहार नै,मेरो जय जय नेपाल हो,
वैरी आई लान्छ किझैँ?डर सगरमाथा मेरो !
झुकेन कहिल्यै यो नेपाली तन मन आखिर,
झुक्ने होकि लाग्छ मनमा तर सगरमाथा मेरो!
नेपाली हुँ हिमाल पहाड तराई मेरै बासस्थान,
भत्किएनि टाल्न मिल्ने खर सगरमाथा मेरो !!
संसारका प्यालेस् पार्क कृत्रिम फुल केही होइन
सान्त मनको पिपल अनि बर सगरमाथा मेरो !!
-राज वाई.के.(युवराज)भारपा२, पाँचथर-
No comments:
Post a Comment