प्रकाश मगर बियोगी |
मुक्तकहरु
अनुहार बिहिन भएको चित्र हेर्नलाई
कमिला झै ताती छन् रे मित्र हेर्नलाई
कसो गरि चिन्ने होलान्? छ अजनबी
लुकि छुपी बस्ने सागर भित्र हेर्नलाई।
हमला गर्दैछन् जताततै कछुवाहरू
हेरि मख्ख पर्छन् लसुन अदुवाहरू
प्रदेश हिड्यो छोरा धन कमाउछु भनी
छोरा हेर्न आतुर भए आमा-बुवाहरू।
जनता आज नेताको त्यो ढाल हुदैछ
सहिद हुन ज्यान दिएर पर्खाल हुदैछ
केका लागि द्वन्द गर्छन् भाइ-भाइहरू
के थाहा र देश आज नि कंगाल हुदैछ।
आउँछ छोरा भनी आमा कुरि बस्दैछन्
आशावादी माइजू मामा कुरि बस्दैछन्
अमर छोरा प्रदेशमा सहिद हुन पुग्यो
धामी झाक्री हेर्न लामा कुरि बस्दैछन्।
ठूलो दाजु भीरमा खस्दा यस्तै छ देश हाम्रो
गाउको युवा प्रदेश पस्दा यस्तै छ देश हाम्रो
हुने आँट देखिएन बिकास गाउँ ठाउँ भित्र
जान्ने बुझ्ने टाउके बस्दा यस्तै छ देश हाम्रो।
गर युवा रोजगार देशमा भन्थे बुढा पाखा
हुनु पर्छ हतार देशमा भन्थे बुढा पाखा
एउटा कानले सुनेको अर्को कानमा उड्यो
गरि हेर बिचार देशमा भन्थे बुढा पाखा।
नगर युद्ध मदेशी भाइ देश टुक्राउन आज
लास जाला बोक्न कठिन जंगारको माझ
खुन खराबी छोड अब आफ्नै मानो खाउ
जति गर्दा नि हुने छैन भो यो धर्तिमा राज।
पानी बिना माछो जस्तो तड्पिनेलाई सोध
निशाँन्तमा एक्लो बसि छट्पिनेलाई सोध
जीवन के हो ? थाहा हुन्छ पाए पछि बिज्ञान
छाती भित्र ढुकढुक गरि धड्किनेलाई सोध।
पिठ्युँमा घाउ निष्ठुरीले मलम देखाएर
कुरो राख्यो महान बनी अहम देखाएर
मख्ख आफू नवीन प्रेमी भए लट्ठ त्यहाँ
बढ्यो माया गयो छोडी सक्षम देखाएर।
जति महान भए पनि मुल्य छैन अचेल
चोटै चोट छ गनि-गनि मुल्य छैन अचेल
कलियूग आए पछि भयो दृश्य परिवर्तन
कोदो रोप्नुस् खेत खनी मुल्य छैन अचेल।
यो जीवन भर साथ रहि जिउने आधार तिमी
नौलो काव्य मेरो लागी प्रख्यात संसार तिमी
सोच्न सक्न तिमी बाहेक चाँदै किन नआउस्
हृदय भित्री बसि सक्यौ फूलको बहार तिमी।
म सराबी बनी हिड्नु छु मलाई पिउन देउँ
जुन हालतमा भएँ पनि मलाई जिउन देउँ
केका लागि दियो बत्ति आचरण र मन्दिर
चाहे जस्तो बन्दैन भो मलाई खिउन देउँ।
नयन वाणले घोचे थिएन भो दोषी नबनाउ
बेर्थै मुटुको झटारो हो कि त्यो दोषी नबनाउ
छट्पटाउने खुम्चिई रहने कौशल त्यो बदन
कतै रंगीन फूलको बेसहारहो दोषी नबनाउ।
हिराको हार लगाएर को नै यहाँ ठूलो छ र
खुन पसिना बगाएर को नै यहाँ ठूलो छ र
एक महिला एक पुरुष यहि नै जाति हाम्रो
देशमा द्वन्द जगाएर को नै यहाँ ठूलो छ र ।
के पायौ र खै प्रीया यो दिलमा छुरा चलाई
म हिड्ने गोरेटोको मन्जिलमा छुरा चलाई
निष्ठुरीको रुप लिएर बाण फैलाउदै तिम्ले
यी नयन आँसुको पिल-पिलमा छुरा चलाई।
अनायास बात गर्नेको ताती कति कति
घात माथी घात गर्नेको ताती कति कति
एउटा संग जीवन गाँठो अर्को संग प्यार
दिउसै नशा मात गर्नेको ताती कति कति।
जब सम्म रहन्छ जिउने उमिद सास हुनेछ
आनाकानी खबर पाउदा आभास हुनेछ
जति टाढा भए पनि उत्ति हुन्छ माया गाढा
कतै अधेरी छायो भने त्यहाँ प्रकाश हुनेछ।
सिउदो हेर्दा खाली तिम्रो गला हेर्दा खाली तिम्रो
फुर्सदमा बनाएको झै को होला त्यो माली तिम्रो
अनुपममा यस्तो फूल कहिले पनि देख्या थिएन
रातो पहेलो बाग देख्छु खै कहाँ छन् पाली तिम्रो।
नआउ तिमी टर्किएर सम्झनाका तरेलीमा
बियोगमा बाँच्न म त सिकि सके वर्षौं भयो
नगर साथ फर्किएर सम्झनाका तरेलीमा ।
सास बिना बाँच्नुको कथा बेग्लै छ
मृत्यु संग हाँस्नुको कथा बेग्लै छ
के थाहा ? तिमी निष्ठुरीहरू लाई
रात दिन जाग्नुको कथा बेग्लै छ
सामान्य परिचय
नाम : प्रकाश पुन मगर
साहित्यिक नाम : प्रकाश मगर बियोगी
जन्ममिती : २०५२/६/१५
शिक्षा: ५ पास
ठेगाना: सौडियार १ दाङ नेपाल
हाल ठेगाना: न्यू दिल्ली भारत
सम्पर्क : 91-9540566239
पिताको नाम: प्रेम बहादुर पुन मगर
आमाको नाम: फनि देबि पुन मगर
रुचि: पत्र पत्रीका पढ्ने साहित्यलाई माया गर्ने
कृति: समर्पण गजल संग्रह / कोशेली मुक्तक संग्रह
आवद्ध संस्था:
१)-परिवर्तन सरगम साहित्य मञ्च भारत ( सचिब )
२)-राप्ती लोक साहित्य कलाक्रेन्द्र ( सम्पर्क सयोगी)
३-)चुकुप्रकाश बृहत मुक्तक दोहोरी ( बिशेष सहयोगी )
भावनाका पाना शब्दकोष संचालक( कार्यक्रम प्रस्तोता)
नेतृत्व आवद्ध संस्था तथा ग्रुप
१) नव ज्योती नेपाली साहित्य समाज
२) शब्द शिविर
३) बहर बाटिका
No comments:
Post a Comment