Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Showing posts with label साहित्य समिक्षा. Show all posts
Showing posts with label साहित्य समिक्षा. Show all posts

जे सागरको ठट्यौली स्टाटसमा सबल उदाहरण र गजल सिद्धान्त

जे.सागर
घरीघरी त परिवारलाई सिंगो गजल सम्झेर यसरी नामाकरण गर्दिउँ कि जस्तो पनि लाग्छ !

बुढी (रदिफ)= नहुँदा पनि खल्लो लाग्ने ,भएपनि सधैं एउटै कुराले किचकिच गर्ने !
छोराछोरी (काफिया)=साह्रै पृथक र जमेर आओस्
जस्तो लाग्ने तर सोचेजस्तो बनाउन साह्रै मुस्किल !
आमा (मिसरा ए उला)= कौतुहलता ,अन्योल,उत्सुकता,शंका पैदा गर्ने !
बा (मिसरा ए सानी)=सकिनसकी भए पनि आमाले उब्जाएको कौतुहलता मेटाउँदै विषयलाई पूर्णता दिने !
म (तखल्लुस) = यसोउसो गर्यो जस जति आफैं लिन आफ्नै नाम ठोस्न मन लाग्ने !

Continue Reading | comments

रदिफ काफिया चिरफार तथा गजल लेखन


Bipul Sijapati's photo.
को फेसबुक नोट बाट साभार ,,,,,


काफिया के हो ?

गजलमा काफिया अत्यावश्यक र शक्तिशाली अस्त्र हो । गजलमा मतलामा प्रयोग गरिएको काफियाको प्रकारले बाँकी सेरमा प्रयुक्त हुने काफियाको निर्धारण गर्छ । गजलमा सेरहरुका पहिलो हरफले उत्सुकता जगाए जस्तै काफियाले पनि श्रोतामा उत्सुकता जगाउँछ । पाठक भन्दा पनि गजल सुन्न बसेका श्रोताले कुन काफिया प्रयोग गरेर सेरलाई कसरी पूर्णता दिन्छ भनेर श्रोतोको उत्सुकतालाई चरममा पुर्याउने गर्दछ र सेरमा काफियाको सुन्दर प्रयोगले त्यो उत्सुकताको चरमलाई समाधान गर्दै त्यही चरमको अवस्थामा नै भावको गहिराईको विस्फोट गराउँदछ ।

मतलामा दुईपटक र अन्य सेरमा एक पटक रदिफ अगाडी आउने तुकबन्दि मिलेको शब्दलाई काफिया भनिन्छ । गजलमा काफिया अर्थात् शब्दको तुकबन्दि सरल कार्य होइन । यसका पनि केही नियमहरू छन् । काफिया हुनको लागि तुकबन्दि र साम्यता दुवै हुनु जरुरी छ ।

स्वर साम्यता : शब्दमा समान स्वर साम्यता भएमा त्यो स्वर साम्य काफिया हुन्छ जस्तै धुजा, कुरा (उ आ स्वर समानता)
व्यञ्जन साम्यता : शब्दमा समान व्यञ्जन साम्यता भएमा त्यो व्यञ्जन साम्य काफिया हुन्छ । आधा बाधा (आ आ)
स्वर व्यञ्जन साम्यता : स्वर र व्यंजन दुवैको साम्यता भएको काफियाहरुमा खाना दाना पाना छाना माना आदि लिन सकिन्छ ।
वास्तवमा काफिया या तुकबन्दी स्वर र व्यञ्जनको आंशिक एकताले बन्दछ ।

गजलमा मतलामा प्रयुक्त काफियाले नै अन्य सेरहरुमा पनि काफिया निर्धारण गर्दछ । मतलामा पूर्ण काफिया र अन्य सेरमा आशिंक काफिया प्रयोग गर्न मिल्दैन ।

दुई शब्द तब मात्र हमकाफिया हुन्छ जब तिनमा साम्यता हुन्छ र यसै साम्यताको कारण ती काफिया बन्दछ । यस साम्यताको आधारमा काफिया दुई प्रकारको हुन्छ । स्वर साम्य काफिया र व्यञ्जन साम्य काफिया ।
स्वर साम्य काफिया : स्वरको साम्यता भएका काफिया उर्दुमा प्रचलित छ र अब नेपालीमा पनि यसको प्रचलन बढदो छ । जस्तै छाना, माना, दाना आदि ।

तर धुँवा, कुँवा, सँग जुवा खुवा आदि काफियालाई पनि पनि पूर्ण काफियाको रूपमा लिन भने सकिन्न किनभने यहाँ स्वर साम्यता भएता पनि व्यञ्जन साम्यता भने छैन । नेपाली भाषा कोमल उच्चारण गरिएता पनि हामी तिखो उच्चारण गर्दछौँ, तसर्थ कतिपय नासिक्य उच्चारण हुने शब्दहरूलाई काफियाका रूपमा प्रयोग गर्दा सतर्क हुनु आवश्यक छ ।

केही शब्दहरू उच्चारण गर्दा समानता भए पनि लेख्दा यसमा भेद देखिन्छ । जस्तो फूल र फुल दुवै उच्चारण गर्दा समान छन् तर लेख्दा फरक तरिकाले लेखिन्छ । तर केही शब्दहरू भने दीर्घ उच्चारण नगरेमा अर्थ खुल्दैन । जस्तो :
मेरो माया एकतिर भो
तिम्रो माया एक तीर भो
यहाँ तीर शब्दले बाण जनाउँछ ।

त्यस्तै : दया र नयाँ शब्दमा या को उच्चारण पश्चात् आ स्वर आउँछ तर नियालेर हेर्ने हो भने नयाँ लेख्दा या माथि चन्दबिन्दुको प्रयोग गरिन्छ र उक्त याँ उच्चारण नासिक्य हुन्छ । यस प्रकारको काफियालाई मलफुजि काफियाभनिन्छ र यस्ता काफिया प्रयोग गरिएका गजललाई इक्फा दोषयुक्त गजल भनिन्छ । नेपाली भाषा बोलिँदा कोमल उच्चारण गरिने भएकोले छन्द या बहरमा तिर र तीर जस्ता काफिया प्रयोग गर्दा भने समस्या आउँछ ।

तर हामी नेपाली भाषाका शब्दको उच्चारण गर्दा कोमल उच्चारण गर्ने भएकोले यसले काफिया सिर्जना गर्दा भने सजिलो पनि बनाएको छ । फूललाई हामी ह्रस्व उच्चारण गर्दछौँ त्यसैले फूल र फुल उच्चारण गर्दा विभेद देखिन्न । उर्दुमा गुलाब र शराब लाई काफियाका रूपमा बाँध्न सकिन्न तर नेपालीमा कोमल उच्चारण हुने भएकोले दुवैलाई काफियामा लिन सकिन्छ । आगन्तुक शब्दलाई काफियाका रूपमा प्रयोग गर्दा भने अलि होसियार हुनु पर्दछ । ख्वाहिसलाई खायस, दस्तखतलाई दस्खत, मुआफिकलाई माफिक, मुआफीलाई माफी गरेर शब्दहरूलाई उच्चारणकै हिसाबले प्रयोग गर्नु श्रेयस्कर हुनेछ । 

उर्दुको सहर र नेपाली सहरको अर्थ नै फरक छ । यस्ता शब्दहरूलाई मक्तुबी काफिया भनिन्छ तर नेपाली भाषामा फारसी, अरबी र अङ्ग्रेजी भाषबाट पनि निक्कै शब्दहरू आएका भएपनि तिनका उच्चारण र प्रयोग (ख्वाहिस = ख्वायस, दस्तखत = दस्खत, मुआफिक = माफिक, मुआफी = माफी) आफ्नै ढङ्गबाट गरिने हुँदा नेपाली भाषामा यो भेद देखिदैन ।

के खासमा यही त हो अनुहार हजुरको
मौसम सरि फेरिन्छ व्यवहार हजुरको

यो मैले नै अज्ञानतावस लेखेको एक अगजलको मतला हो र यसबारेमा ज्ञान दिनुहुने आदरणीय गुरुवर भक्ति प्रसाद पौड्याललाई नमन गर्दछु । यस मतलाको काफियामा इता दोष छ ।

शब्दलाई बिग्रह गर्दा मूल शब्दमा पनि समानता भए त्यसलाई काफियाको रूपमा लिन सकिन्छ । जस्तो : रसिलो र कसिलो । रसिलो र कसिलो शब्दका प्रत्यय हटाउँदा (रस + इलो = रसिलो, कस + इलो = कसिलो) रस र कस शब्दमा स्वर साम्यता र मूल शब्द भएकोले यो काफिया ठीक छ तर माथिको मतलामा भएको अनु + हार, व्यब + हार गलत हुन जान्छ । यस अर्थमा हेर्दा "हार हजुरको" रदिफ हुन आउँछ र "अनु र व्यब" काफियाका रूपमा स्थापित हुन्छन् । यसरी माथिको मतला मा काफिया दोष देखिन्छ ।

अर्को ध्यान दिनुपर्ने कुरा के भने नामी दामी सँग खामी या हामि काफिया राख्न भने मिल्दैन । नाम + ई = नामी, दाम + ई = दामी हुन्छ तर खामि या हामि शब्द खाम या हाम मूल शब्दमा ई प्रत्यय जोडिएर बनेको होइन, खामि र हामी मूल शब्द हो र यसको अर्थ अपुग र स्वीकार हो ।  

शब्द बिग्रह गरेर प्रत्यय निकाल्दा समेत मूल शब्द हम काफियाको रूपमा आउँछ र प्रयोग गर्न मिल्छ भने यसलाई काफिया मान्न सकन्छि अन्यथा काफिया दोष हुन्छ ।

सौती काफिया : पश्चिमी भेगका केही गजल स्रष्टाहरुले कतिपय हिन्दि तथा उर्दु शब्दहरूलाई मनोमानी ढङ्गले काफियामा प्रयोग गरेको पाएको छु । उदाहरणको लागि जुन, धुन पश्चात् खुन । खुन अर्थात् रगत । खुन उच्चारण गर्दा जिब्रोले स्वरतन्त्रिलाई ढाकेर विशेष प्रकारले स्वरलाई भित्रै दवाएर उच्चारण गरिन्छ । तर जुन र धुन उच्चारण गर्दा तालव्य उच्चारण हुन्छ । लेख्दा उस्तै देखिए पनि उच्चारणका हिसाबले फरक हुने भएकोले यसलाई सौती काफिया भनिन्छ र गजल स्रष्टाले गजल कहदा यसलाई सौती काफियाको रूपमा प्रयोग गरेको भनेर भन्नु पर्दछ ।

अब लागौँ रदिफ तर्फ

रदिफ के हो ?

रदिफ गजलमा दोहरिने शब्द या शब्द लहर हो । शब्द लहर भन्नाले केही गजलहरुमा दुई, तीन, चार या सो भन्दा माथि सङख्याका शब्द सम्मको रदिफ प्रयोग गरिएको पाइएको छ ।

रदिफ मतलामा दुई पटक मिसराको अन्तमा र अन्य सेरहरुमा मिसराको अन्तमा एक पटक प्रयोगमा आउछ । मतला या सेरमा प्रयुक्त भए पनि रदिफको आचरण या स्थिति स्थिर हुन्छ र यसमा कुनै फेरबदल आउदैन् । गजलको नियमानुसार रदिफलाई फेरबदल गर्न वर्जित गरिएको छ । रदिफको रूपमा मतलामा प्रयुक्त रदिफ नै हरेक मिसरामा रूप नफेरिएर दोहरिने गर्दछ ।
रदिफको गौण शक्ति के हो भने यसले मिसरामा काफियासँग मिलेर सेरलाई पूर्णता दिन्छ र सेरका भावसँगै रदिफ पनि मिलेर अर्थ खुलाउछ ।

उदाहरणको लागि यहाँ रावतको एक गजल, रवि प्राञ्जल सरको एक गजल र बाबु त्रिपाठीको एक गजल लिएको छु ।

रावतको गजलको रदिफ हेरौं ।

दुइटा कुरा बारम्बार उस्तै उस्तै लाग्छ
जिन्दगी र कारागार उस्तै उस्तै लाग्छ ।

सधैँ चर्किनैँ खोज्ने, सधैँ फुट्नै खोज्ने
सिसा र मेरो निधार उस्तै उस्तै लाग्छ ।

भोको पेटमा ज्यादा, भरी पेटमा कम लाग्ने
मदिरा र सरकार उस्तै उस्तै लाग्छ ।

यस गजलमा मिटर र लयलाई ध्यान नदिएर रदिफको प्रयोग मात्र होरौँ । रदिफको रूपमा तीन शब्द “उस्तै उस्तै लाग्छ’ प्रयोग गरिएको छ । ध्यान दिनुपर्ने कुरा के छ भने रदिफले अन्य मिसरामा पनि काफियासँग मिलेर दाँज्ने कार्यमा सहायता गरेको छ र अन्तमा सेरसँग मिलेर पूर्णता र अर्थ दुवै प्रदान गरेको छ । यस अर्थमा यस गजलमा गरिएको रदिफको प्रयोग ठीक र दुरुस्त छ ।

यस्तै गरेर रवि प्राञ्जल सरको यस गजलमा प्रयुक्त रदिफलाई हेरौं ।

हुने खाने त्यता तिर
हुँदा खाने यता तिर

उतैतिर चल्छ सुवास
चल्छ हावा जता तिर

पर्न छाड्यो जूनको किरण
फूल, पात, लता तिर

ढुंगे युगमै पुग्यो मान्छे
फेरि दन्त्य–कथा तिर

जता हेरुँ अँध्यारै छ
खोजूँ रवि कता तिर ?

यस गजलमा रदिफको रूपमा एक शब्द "तिर" लाई लिइएको छ । मतला देखि लिएर हरेक मिसरामा प्रयुक्त रदिफ सेरमै बिलय भएर अर्थदिने बनेको छन् । मक्ताको (तखल्लुस प्रयोग गरिएको अन्तिम सेरलाई मात्र मक्ता भनिन्छ अन्यथा अन्तिम सेर भनिन्छ) सुन्दरता के भने मक्तामा तखल्लुस व्दिअर्थि रूपमा प्रयोग गरिएको छ। तखल्लुस दुई प्रकारले प्रयोग गरिन्छ । व्दिअर्थि रूपमा प्रयोग गरेर तखल्लुसको भान नै नदिइ र आफैलाई सम्बोधन गरिदा ।  

अब बाबु त्रिपाठीको गजल हेरौं ।

नप्यूँनु हानी छ अरूलाई सुझाव
मेरो त बानी छ अरूलाई सुझाव

जति छन् प्यूँनेहरु ती सबसँग
मेरो चिनाजानी छ अरूलाई सुझाव

दिल टुटेर पिएको हुँदै होइन
भिन्दै कहानी छ अरूलाई सुझाव

प्यूँन सधैँ कहाँ रुपियाँ ले पुग्थ्यो र
पिलाउने दानी छ अरूलाई सुझाव

भट्टी छ मदिरा छ र त बाबु छ
यो जिन्दगानी छ अरूलाई सुझाव

माथिको गजलमा रदिफको रूपमा "अरूलाई सुझाव" लिइएको छ । अब यस गजलको मतला हेरौं ।

नप्यूँनु हानी छ अरूलाई सुझाव
मेरो त बानी छ अरूलाई सुझाव

मतलामा प्रयुक्त रदिफले काफियासँग मिलेर पूर्णअर्थ प्रदान गरेको छ । रक्सीको बारेमा भनिएको छ, "नप्युँनु हानी छ अरूलाई सुझाव । मेरो त बानी छ तर बानी नभएका अरूलाई सुझाव ।"

अब बाँकी मिसराहरुमा जाऔं ।
सेरले खुलाएको अर्थ यस्तो छः "बाँकी जति प्युनेहरु छन् तीसँग मेरो चिना जानी छ, अरूलाई सुझाव ।" रदिफ बाहेकका मिसराले अरूलाई के सुझाव दिएको हो त्यो यस सेरमा खुल्न सकेको छैन । अर्थात् सेरको मुखय विषय एकातिर छ भने रदिफ अलग्ग बसेको छ । सेरको दोस्रो भाग अन्तिका (जर्ब) को रूपमा आएको रदिफलाई सेरमा मिसाएर हेर्दा पनि यो बिल्कुल अलग प्रतित भएको छ । बाँकी सेरहरमा पनि रदिफको अवस्था यस्तै छ ।

यसरी मिसरामा पूर्णत् अलगथलग र अर्थबिहिन अवस्थामा रदिफ बसेको छ या प्रयुक्त छ भने यो रदिफ दोष मात्र हैन, गजल नै भनिदैन । रदिफलाई यसरी मिसराबाट अलग थलग झुण्डाएर मात्र राख्न मिल्दैन । रदिफ मिसरामा मिसिएर अर्थ प्रदान गर्ने हुनैपर्छ । अन्यथा यसलाई गजल भन्न मिल्दैन ।

गजलका दुई धार प्रचलित छन् । अरबि धारका गजलमा रदिफको कम पैचलन हुन्छ भने फारसी धारका अधिकांश गजलहरुमा रदिफको प्रयोग हुन्छ । त्यसैले गजलमा रदिफ हुनै पर्दछ भन्ने कुनै कडा नियम छैन, बिना रदीफको गैर–मरद्दफ गजल पनि हुन्छ । तर रदिफको प्रयोग गर्दा भने यसको नियमलाई पालना गर्नै पर्दछ । गजल निश्चित् नियमबद्ध भएर नै लेखिन्छ ।

पुनश्चः म रावतजी र बाबु त्रिपाठीजीसँग उहाँको यस गजललाई उदाहरणको रूपमा पेस गर्नु परेको अवस्थाका लागि क्षमा चाहन्छु ।
Continue Reading | comments (1)

नेपाली गजलमा नेपाली छन्द (बहरको) प्रयोग

गजलमा नेपाली छन्द (बहरको) प्रयोग
santosh spandan
गजल नेपाली साहित्यमा सर्बाधिक लोकप्रिय विधा स्थापित भैसकेको छ |गजल सम्बन्धि नियम जानेर या नजानेर गजलको सिर्जना गर्ने गजलकारको संख्या दिनानुदिन बढ्दो छ | बिभिन्न संचार माध्यमबाट गजलका नियमबारे सूचना साथै गोष्ठी , संगठन समारोह जस्ता बिभिन्न क्रियाकलापको प्रक्रिया पनि दिन प्रतिदिन बढ्दै गैरहेको छ |तिनै संचारका माध्यमबाट डा. कृष्णहरी बराल, मनु ब्राजाकीका अन्तरबार्ताहरु सुनेका पनि छौ | उहाहरु भन्नुहुन्छ गजललाई बहरमा लेखिएन भने कविता हुन्छ | यस्तो सिर्जनालाई गजल नभनिकन गजलको स्वरुपमा लेखिएको कविता भन्नु उपुक्त हुने उहाहरुको भनाइ छ |
गजलका सामान्य नियममा आधारित रहेर गजल सिर्जना गर्नु निकै नै सजिलो छ तर शास्त्रीय बहरहरुमा निपुणता प्राप्त नभएका गजलकारहरुलाई शास्त्रीय बहरहरुमा गजल सिर्जना गर्नु जटिल बिषय हो |शास्त्रीय बहरमा गजल रचना गर्न रुक्न (गण) र अर्कान (गण संकेत वा गणहरुको मेल) को साथै बहरहरुको यथेस्ट जानकारी हुनु आबस्यक छ | नेपाली बहरमा गजल लेख्दा वा स्वनिर्मित छन्दमा गजल लेख्दा वर्णमात्रिक छन्दको आवस्यकता पर्दैन मात्रिक छन्द नै पूर्ण हुन्छ | मात्रलाई आधार मानेर पनि गजलहरु लेखिएका छन् |मात्रामा आधारित बहरहरुमा लयमा आबद्द गजलका शेरहरुको अक्षरको होइन ,मात्राको गणना हुन्छ |गजलमा मात्राको गणना गर्दा ब्याकरणको नियम अनिवार्य हुदैन | लेख्दा बकरणको नियम अनुसार लेख्ने र उच्चारण गर्दा लयलाई आधार मानी उपयुक्त ढंगले ह्रस्वलाई दीर्घ र दीर्घलाई ह्रस्व गर्न सकिन्छ | यस्तो नियमलाई मात्रा गिरावटको नियम भनिन्छ |
शक्ति बिनाको दिल अभिलाषी
आशा लाग्ने बन्न प्रत्याशी
– डा. घनश्याम परिश्रमी
बास्तबमा लयुक्त उच्चार्य अक्षरको एकरुपता आफैमा एक प्रकारको छन्द हो | नेपालीमा प्राथमिक कालिन गजलहरु शास्त्रीय छन्दमा नै लेखिएको थियो |
बिस्तारमा ललिजन रावल ,मनु ब्राजाकी आदिले उच्चार्य अक्षरको एकरुपतालाई आधार बनाएर गजल लेख्न थाले | हाल अधिकांस गजलकारहरुले यहि परम्परालाई निरन्तरता दिनु भएको छ |यो नियम या पद्दति नया गजलकारहरुलाई सिक्ने सजिलो माध्यम पनि बनेको छ | नेपाली गजलमा प्रयोग गरिएका केहि शुत्र र गजल शेर :
१ चार चार अक्षरमा यति हुने ८ अक्षरको मिसरा
बिरामी छ माटो यहाँ -(४ x २ शुत्रको)
बिग्रको छ बाटो यहाँ
– डा घनश्याम परिश्रमी (घामको छहारीमा )
२ तीन तीन अक्षरमा यति हुने ६ अक्षरको मिसरा (३X २ शुत्रको )
सतायो भोकले
दुख्यो मन शोकले
छ खुद्रा मारमा
दबायो थोकले
– डा घनश्याम परिश्रमी (प्रतिभा -२०६१)
प्रजातन्त्र आ छ
जे भने नी भा छ
पराल हैन अचेल
गाईले मासु खा छ
– रबि प्रान्ज्वल (उही बाढी उही भेल )
३ पाँच पाँच अक्षरमा यति हुने १० अक्षरको मिसरा (५+५ शुत्रको)
एउटा साथी मारेर गयो
याद मुटुमा छरेर गयो
– राजेश्वर रेग्मी (झिझिल्का : गजलबिशेस)
प्रिय केहि त दिएर जाउ
फाटेको दिल सिएर जाउ
– सुमित्र वान्ग्देल चेली (गंगाजल )
पानी पर्ला झैं छ आज
मन मर्ला झैं छ आज
धेरै कोशिष गरें सहन
आँशु झर्ला झैं छ आज
– मनोज काफ्ले मनसुन (फेसबुक बाट )
४ चार चार अक्षरमा यति हुने १६ अक्षरको मिसरा (४X ४ शुत्रको)
ह्र्दयको अगेनामा फेरी आगो बाले हुन्छ
हुन्छ साथी अलि धेरै मट्टीतेल हाले हुन्छ
– मनु ब्राजाकी
नखोलेरै राखिएको बन्द यौटा खाम थियो
भित्र के के थियो कुन्नि बाहिर मेरै नाम थियो
– ललिजन रावल (बन्द एउटा खाम)
५ पाँच तीन छ अक्षरमा यति हुने १४ अक्षरको मिसरा (५+३+६ सूत्रको)
कामखोजीमा बालक रुन्छ शहरमा
रोएको धुन कसले सुन्छ शहरमा
-सन्तोष स्पन्दन (स्पन्दन -२०६४)
६ चार चार र पाँच अक्षरमा यति हुने १३ अक्षरर्को मिसरा (4x ४+५ सूत्रको )
सुनाउ की बाँसुरीको धुन हजुरलाई
चहान्छु म त्यो मुटुमा छुन हजुरलाई
-सरला जोसी (पत्रिका बाट)
यसरि अक्षरको सन्तुलन मिलाएर गजल निकै लेखिएका छन् |यस्ता गजलहरु गजलकार स्वयमले निर्माण गर्न सक्दछन | यसरी निर्माण गरिएको छन्दलाई नेपाली छन्द वा स्वनिर्मित बहर भनिन्छ | बहर निर्माण गर्दा एउटा मिसरामा कम्तिमा ६ अक्षर् देखि २० अक्षर सम्म हुनुपर्दछ | यसरी स्वनिर्मित बहर बनाउदा भने लयमा ध्यान दिनु आवस्यक छ भने मात्रा बहरमा १० मात्रा देखि ३२ मात्रा सम्म भएका मिसरा रचना गर्न सकिन्छ | यो त रह्यो नेपाली छन्द जसलाई हामी स्वयमले निर्माण गर्न सक्छौ तर यतिले मात्र पुग्दैन मात्रिक र वर्णमात्रिक छन्द दुबैको ज्ञान हुनु उत्तिकै आवस्यक छ |फारसी र संस्कृत निकट सम्बन्ध रहेको भाषा हुनाले छन्द र बहर बीच पनि सम्बन्ध छ | उदाहरारण :
नपर्खेर हुन्छ
नफर्केर हुन्छ
म भित्र छ बेग
नधर्केर हुन्छ
– सुनिल स्पन्दन (फेसबुक/ पल्लब पत्रिका)
माथिको मिसरा नपर्खेर हुन्छ (ISS ISS ) नेपाली पिंगल छन्दमा शङ्ख नारी छन्द अन्तर्गत पर्दछ | शास्त्रीय मान्यता अनुरुप फउलुन (ISS X २) बहरे मुतकरिब मुरब्बा सलिम अन्तर्गत पर्दछ |
छन्दशास्त्रमा ह्रस्वलाई लघु (I ) रा दीर्घलाई गुरु (S ) भनिन्छ|
गुरु -गुगुगु (SSS ) दीर्घ
जस्तै : आकार + ईकार+ ऊकार, एकार, ओकार, औकार अंकार रा अ:कार पर्दछन
उदाहरण :बिसर्ग लागेका अक्षर फूल ,नेपाली, समीप आदि
लघु -ल ल ल (III ) ह्रस्व
जस्तै :अकार , इकार, उकार आदि पर्दछन
उदाहरण : कलह ,कुकुर शिशिर आदि
शब्दको अन्तमा आउने हलन्त (खुट्टा काटिएको ) बर्ण भन्दा पूर्वको अक्षर लघु भएपनि दीर्घ मानिन्छ |
र हलन्त बर्णको गणना हुदैन
मित्रबत् – SIS
भन्छन् – SS
बस्छन् – SS
मिसरामा पाउको अन्तयमा पर्ने लघु मात्रालाई पनि गुरु मानिन्छ |यो नियम फारसी ,उर्दु र हिन्दी गजलमा भने लागु हुदैन | (डा .घनश्याम )
बढेको नदीमा पसे झैँ भए म
कतै अनयासै फसे झैँ भए म
म ( अकार) लघु हो तर माथिको मिसरको अन्तयमा म ले गुरु अर्थात् दीर्घ (s )को काम गरेको छ |
अन्तयमा गजल रदिफ काफिया र सामान्य नियमले मात्रै पूर्ण नहुने हुदा बहरबारे छोटो जानकारी खोजिमेली गरेको छु | आशा छ यहाहरुले सल्लाह सुझाब पक्कै पनि दिनुहुनेछ | अनि यो ट्रांस्लेट पद्दतिबाट लेखिएको हुदा ह्रस्व दीर्घ मा देखिएका त्रुटीप्रति क्षमा चहान्छु|
केहि छ्न्दोब्द्द गजलका शेरहरु :
हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा
भवानीको भयो पूजा चल्यो आनन्दको चर्चा
- लेखनाथ पौड्याल (दशैं)
रातो चन्द्र र सुर्य जंगी निशान हाम्रो
जिउँदो रगतसरि यो बल्दो यो शान हाम्रो
- गोपाल रिमाल (जंगी निशान)
यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन्
उता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन्
- मोतीराम भट्ट
मफाईलुन् क्ष४(ISSSX4) छन्द -विधाता
मान्छे किनबेच गर्ने पसल पनि देंखे
खराब मान्छे मात्र होइन असल पनि देंखे
- ललिजन रावल (सिरानीमा आँशु)
कसका लागि उन्न थाल्यौ आज फूलमालाहरु
गन तिमि फूलका थुंगा गन्दै छु म प्यालाहरु
-मनु ब्राजाकी (गजल गङ्गा )
उडाएर के भो सेता ती परेवाहरु
लडाईले रगतको खोलि चलेको छ
-कृष्ण पहारी (बारुदका धुँवाहरु)
अँधेरिमै हिड्छु बरु साथ नआउ जून
आधी बाटफर्क्योउ भने एक्लै पर्छ रुन
-दीपक समीप (भूगोल भित्र नकोरिएको देश)
बहरे मुतकारिब मुसद्द्स सलिम
फऊलुन X ३ (ISS X ३)
मेरो दिल/को धडकन / तिमी हौ
म बाँचेको जिबन तिमी हौ
- डा.धनु परिश्रमी (मधुपर्क)
बहरे मुतदारिक मुरब्बा सलिम
फाईलुन x २(SIS X २)
प्यारमै/हेलिएँ
हारमै /जेलिएँ
-गोर्खे साइलो (मुस्कान)
बहरे हजज मुसद्द्स महजुफ़ (पिंगल छन्द -सुमेरु )
फाईलातुन +फाईलुन (SISS +SIS )
आज मेरो मन दुख्यो
प्रेमले जीवन दुख्यो
- गोपाल अश्क
@खोजिमेली @
*डा घनश्याम परिश्रमी २०५६ गजलको सैदान्तिक चिनारी
* ललिजन रावल , बन्द एउटा खाम
*सन्तोष काफ्ले , स्पन्दन २०६४
* मधुपर्क , २०६८
* डा धनश्याम परिश्रमी, गजल सौन्दर्य मिमांशा
* फेसबुक , पल्लव इ- पत्रिका
Continue Reading | comments

नेपाली गजलका नियम तथा छन्दहरु - हिमालको आधारमा छन्दको नामाकरण

गजलका दुई वटा महत्वपूर्ण तत्वहरु भाव र लय हुन् । बिशेष गरि लयका गजलहरु सांगीतिक रुपमा निकाल्ने उद्देश्यले वा सभाहरुमा लेखकले नै बिना संगीत गएर (तरन्नुम) प्रस्तुत गर्ने उद्देश्यले लेखिएको हुन्छ । तर आधुनिक समयमा नेपाली तथा अन्य भाषामा गजलहरु  छन्दमा र छन्द बिहिन दुबै रुपमा लेखिंदै आएको छ ।

नेपाली गजलमा बिभिन्न नियमहरुलाई बिभिन्न नामहरुमा छन्दको रुप दिइएको छ । यी नामहरु प्राय हिमालको आधारमा राखिएका छन् । 

१. काङ्फुगातो छन्द 
अक्षर : १४ (३-४-३-४)
(७ अक्षरमा विश्राम, ३ र १० मा अर्धविश्राम )

उदाहरण: 
तास झैं प्रेयसीको भाउमै भाउ लाग्यो
खालमा धाँधली भो दाउमै दाउ लाग्यो
शीरमा राख्छु भन्दै हातमा जून थापें 
धर्तिमा पाइला थे पाउमै पाउ लाग्यो
शब्द: पोष्टराज चापागाईं 


२. चाङ्ला छन्द
अक्षर : १६
(४, ८ र १२ अक्षरमा विश्राम)

उदाहरण : 
अकासकी जून रैछ्यौ जुनू भन्दा कसो होला
निधारमा जून थापी बुनू भन्दा कसो होला
शब्द: पोष्टराज चापागाईं 

३. डाँफे छन्द
अक्षर : ८
(४ अक्षरमा विश्राम)

उदाहरण : 
ढलमा छू तान् न साथी
अब रक्सी खान्न साथी
सिउने काँ टाल्ने केले ?
मुटु फाट्यो ठान् न साथी
शब्द: पोष्टराज चापागाईं 

४. फुकाङ छन्द
अक्षर : १६
(४ र ९ अक्षरमा विश्राम)

उदाहरण :
कहाँ थिए, र कठीनका, ती आग्रहका कुरा
बुझें बुझें, सजिलै बुझें, ! पूर्वाग्रहका कुरा
अमूक थे, र अमूर्त थे, टेढा मत लेखका
पढें गुनें, अनि पो बुझें, ! दूराग्रहका कुरा
शब्द: पोष्टराज चापागाईं 

५. पुत्रुङ छन्द 
अक्षर : १५
( ८ अक्षरमा विश्राम )

उदाहरण: 
पलभर प्रिय छामें दिल टाँसेर फोटो
अनि मुसुमुसु हाँसें दिल टाँसेर फोटो
पुलकित यति पारी मयुरीले नसोध
छमछम र त नाचें दिल टाँसेर फोटो
शब्द: पोष्टराज चापागाईं 

६. भृकुटी छन्द 
अक्षर : १४
(७ अक्षरमा विश्राम)

७. छुकुङरी छन्द 
अक्षर : १३
(४ र ८ अक्षरमा विश्राम)

८. क्याबुरा छन्द 
अक्षर : १२
(३, ७ र १० अक्षरमा विश्राम)

९. निरेखा छन्द 
अक्षर : १४
(४ र ८ अक्षरमा विश्राम)

१०. गौगिरी छन्द 
अक्षर : १२
(३ र ६ अक्षरमा बिश्राम)

११पुत्खाङ छन्द
अक्षर : १०
(५ अक्षरमा विश्राम)
Continue Reading | comments

नेपाली गजलको केहि लोक छन्द तथा लय यसहरु

जलका दुई वटा महत्वपूर्ण तत्वहरु भाव र लय हुन् । बिशेष गरि लयका गजलहरु सांगीतिक रुपमा निकाल्ने उद्देश्यले वा सभाहरुमा लेखकले नै बिना संगीत गएर (तरन्नुम) प्रस्तुत गर्ने उद्देश्यले लेखिएको हुन्छ । तर आधुनिक समयमा नेपाली तथा अन्य भाषामा गजलहरु  छन्दमा र छन्द बिहिन दुबै रुपमा लेखिंदै आएको छ ।

यदि गजलका सबै हरफहरु एउटै अक्षर संख्या वा मात्रामा वा बिश्राम मिलाएर लेखिएको छ भने त्यो नियमलाई छन्द भनिन्छ । संस्कृत वा नेपाली कविता / साहित्यमा पहिले देखि नै प्रयोग हुँदै आएका छन्दमा गजल लेख्न सकिन्छ । 

त्यस्तै गरि उर्दु वा अन्य भाषाहरुमा केहि निश्चित छन्द नियममा गजल लेखिन्छ । ति नियमहरुलाई बहर भनिन्छ । उर्दु भाषामा प्रचलित बहरहरुमा पनि नेपाली गजल लेख्ने गरिएको छ । नेपालीमा भाषामा बहर र छन्द शब्दलाई समानान्तर रुपमा प्रयोग गर्न सकिन्छ । 

आधुनिक नेपाली गजलमा शास्त्रीय छन्द वा बहरको अतिरिक्त नेपाली लोक लयमा पनि गजल लेख्ने गरिएको छ । 

केहि नेपाली लोक छन्द हरु यस प्रकार छन :

१. झ्याउरे छन्द
महाकबि लक्ष्मी प्रसाद देवकोटाले अमर कृति मुना मदनमा प्रयोग गर्नु भएको झ्याउरे छन्दलाई नेपाली गजलमा प्रयोग गर्न सकिन्छ । 

अक्षर : १६ (५-५-६)
(५ र १० अक्षरमा बिश्राम)

उदाहारण १ : 
क्षेत्रीको छोरो, यो पाउ छुन्छ, घिनले छुँदैन
मानिस ठुलो, दिलले हुन्छ, जातले हुँदैन

उदाहरण २ :
हिमाली हावा बग्दै छ किन नौलो त्यो मातमा
किन हो कुन्नी रुँदै छ कोहि जुनेली रातमा
शब्द : लालीजन  रावल

२. सवाई
अक्षर : १६ (४-४-४-२)
(४, ८ र १२ अक्षरमा बिश्राम)

उदाहारण :
तिमीलाई जिताउन हार्न मन लाग्यो
आफुलाई अन्त कतै सार्न मन लाग्यो
- मनु ब्राजाकी 

३. स्वर्निर्मित लय 
गजललाई आफ्नै नियममा छन्दो बद्ध गर्न पनि सकिन्छ । यसरि छन्द निर्माण गर्दा कि त मात्रा की त अक्षरको आधारमा गरिन्छ । मात्राको आधारमा गर्दा बढी गेयात्मक हुने र गजल लेख्न पनि सजिलो हुने मानिन्छ । 


Continue Reading | comments

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.

चुकुप्रकाश मुक्तक दोहोरि

हास्य-ब्यांगे प्रस्तुतिहरु

World News

Nepali News

गजल

थप गजलहरु पढ्नुहोस -

कथा

कविता

चुटकिला

Followers

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger