दाइजो प्रथा एक कुरीति हो जसलाई हामी सबै मिलेर त्याग्नु पर्ने हुन्छ | हामीले एक अर्काको अनुहार हेर्न थाल्यौ भने यो जस्ताको तस्तै वा अझ मौलाएर समाज रास्ट्र र देशलाई नै घातक बनाउन सक्छ | अर्काको सम्पत्तिमा र्याल चुहाउने घुस्याहा कुकुरको त्यो जमातबाट स्वतन्त्र हुन कसैको पाउ पर्न पर्दैन , अब आमी आफै स्वतन्त्र हुन सक्छौं त्यसको लागी आफ्नै घर बाट माथी उठ्नुपर्ने हुन्छ | सामाज अन्धबिस्वास र रुढीवादीको दलदलमा फसेको छ | यस्ता कयौं बिषय छन् जसको मुक्ति आफैबाट सम्भव छ भने दाइजो प्रथा एक उदाहरण मात्र हो |
चुकुप्रकाश मुक्तक दोहोरी यिनै र यस्ता बिषयमा मुक्तकको माध्यमबाट बोल्दै आएको छ | एक आपसमा रहेको कौतुहलताको बर्णन यहाँ गरिन्छ खुलेर कुरा गरिन्छ | यसको मतलव यो हैन कि यसैबाट समाज पूर्ण रुपमा बदल्न सकिन्छ, यो एक पथप्रदर्शक र सानो दियो मात्र हो | यहाँ दियो बालेर मात्र यस्ता कुराबाट पूर्ण मुक्ति पाहिदैन यसकालागी त्यै दियो बाट राँको बाल्नु पर्ने हुन्छ |
यस्तै यस्तै कुराको बहस गर्दै समाजमा भएको कुप्रथा जरैदेखि अन्त्य गरौँ | दाइजो होइन शिक्षा दे भन्ने जस्ता नारा मुक्तकको माध्यम बाट आए |
सबै मुक्तक दोहोरी हरु निकै सुन्दर छन् , सबैलाई सुरक्षित राख्ने उद्देश्यले E-BOOK तयार गर्ने सोच भयो | अब हरेक भागको मुक्तक दोहोरी का मुक्तकलाइ E-BOOK को माध्यम बाट तपाइँलाइ नै सुम्पने छौं भने यहाँ सधैकालागी सुरक्षित रहनेछ |
EBOOK के हो र कस्ता उपकरणबाट पढ्न मिल्छ त ?
Portable Document Format (PDF) फर्म्याट मा बनेको छ चुकुप्रकाश मुक्तक दोहोरीको इ -बुक | अनलाइन पुस्तक अथवा विधुतीय पुस्तक लाइ [E-Book] भनिन्छ | सामान्यतय adobe's PDF format मा यसलाई पाहिन्छ | Adobe File चल्ने जुनसुकै मोबाइल अथवा कम्प्युटर मा यसलाई सजिलै पढ्न सकिन्छ | ऐले बजारमा भएको Android OS ,Apple IOS, Windows Phone , Blackberry र अन्य मोबाइल मा सजिलै चल्छ जसको लागी Adobe Reader डाउनलोड गर्नु पर्ने हुन्छ | यदि Adobe Reader छैन भने पहिले Adobe Reader नै डाउनलोड गर्नुहोस जुन अति सामान्य भन्दा माथीका मोबाइल हरुमा सजिलै Support गर्छ | कम्प्युटरमा हरेक Browser हरुले यो सेवा राखेका छन् त्यहाँ अझ Adobe Reader नै Download गर्नु भयो भने सजिलै प्रयोग गर्न सकिन्छ |
खोज तलास (Search ) कसरि गर्ने ?
तपाइँ मोबाइलमा हुनुहुन्छ भने Search बटम मा गएर आफ्नो नाम टाईप फर्नुहोस अथवा तपाईलाई मुक्तक दोहोरीमा अंकित गर्नुभएको वाक्यांश द्वारा तपाईका सबै मुक्तक एकै साथ पढ्न सक्नुहुन्छ | साथै अन्य साथीहरुको मुक्तक छोटो समयमै खोजेर पढ्न सक्नुहुनेछ | र कम्प्युटर मा हुनुहुन्छ भने Ctrl+F गरेर Search गर्न सक्नुहुनेछ |
नक्कल (Copy) गर्न मिल्छ ?
यहाँ तपाइको हरेक मुक्तक तथा वाक्यांश Copy गरेर छुट्टै ठाउमा राख्न पनि सकिन्छ |
Lets Download
अब डाउनलोड गर्नुहोस | अझै कुनै समस्या देखिएमा वा अन्य कुनै सल्लाह सुझाव र प्रतिक्रिया छन् भने तलको कमेन्ट बक्स मा कमेन्ट गर्नुभयो भने हामीलाई प्रेरणा ,हौसला र पथप्रदर्शन हुने छ |
No comments:
Post a Comment