Submitted by kalpana sharma on Tue, 06/19/2012 - 13:28 |
दुधको दस धारा पिलाउन सकिन नि मेरो बाबु
ताते गर्दै हात समाउन सकिन नि मेरो बाबु
ताते गर्दै हात समाउन सकिन नि मेरो बाबु
भोक प्यासमा आमा खोज्यो होला ति नजरले
कोखाइ भन्दै हातले खुवाउन सकिन नि मेरो बाबु
कोखाइ भन्दै हातले खुवाउन सकिन नि मेरो बाबु
मेरो मझेत्रो मा कुक्कु भन्दै लुक्ने तिम्रो रहर
यो जूनिमा मैले पुरा गर्न सकिन नि मेरो बाबु
यो जूनिमा मैले पुरा गर्न सकिन नि मेरो बाबु
मलाई माफ गरिदेउ मेरो आँखाको ताराहरु
ममताले अङालोमा कस्न सकिन नि मेरो बाबु
ममताले अङालोमा कस्न सकिन नि मेरो बाबु
तिम्रो सुनौलो भबिस्य दिने चाहनाले गर्दा
प्रदेसमा छु छिट्टै घर फर्किन सकिन नि मेरो बाबु
प्रदेसमा छु छिट्टै घर फर्किन सकिन नि मेरो बाबु
No comments:
Post a Comment