नोट: यो लेख मेरो घरमा दैबी-शक्तिले घटाएको घटनामा आधारित लेख हो। यदि तपाईँलाई दैबी-शक्तीमा विश्वास लाग्दैन र यो पढेर क्रिसोलले हावा गफ गर्यो भन्नुहुन्छ भने कृपया नपढी दिनु होला। मैले यो कुरा धेरै पटक लेख्न खोजे, तर अत्याधुनीक मान्छेहरूले उल्टो मलाईनै पागल बनाउछन् भन्ने सोचले लेख्न चाही रहेको थिइन तर जसले विश्वास गर्छ, उसको लागी यो घटना रोचक हुन सक्छ भन्ने मनसायले यो घटना लेख्दै छु।
कुरा आज भन्दा २० बर्ष अघीको हो अर्थात २०४८ सालको हो। असार २ गते हाम्रो कुल्यान (कुल देवता) को पूजा भएको थियो। बर्खे बिदा असार १ गते बाट सुरु भएको थियो। ४ गते साँझ त्यस्तै ५:३० बजे तिर दिदी र म आँगनमा खुट्टि खेल्दै थियौँ, बहिनी पिँढी आफ्नै सुरमा खेल्दै थिई। आमा घर माथिको कर्कलो बारीमा तरकारीका लागी कर्कलो टिप्न जानु भएको थियो।
एक्कासि जस्ताको छानामा ढ्वाङ्ग आवाज आयो, छिमेकी केटाहरू घर माथिको बाटो हिँड्दा बेला बेलामा हामीलाई तर्साउन ढुङ्गा हान्दै हिँड्ने गर्थे। आमा कराउनु भयो -
“हैन, तिमीहरूका आँखा फुटे कि क्या हो, आँगनमा केट्केटी खेल्दै छन्, कुठाममा लागेर केहि भै’हाल्यो भने क्यार्छौ, अरूलाई त मान्छे नै गन्दैन हे, काँहा गएर जाक्किन्छन अनी थाहा पाउछन………. “
यस्तै यस्तै भन्दै आमा कर्कलो टिप्दै भट्भट्याउदै हुनु हुन्थ्यो, कसले ढुङ्गा फालेको हो कोही देखिएको भने थिएन।

आमा आउनु भयो, भान्छा तिर छिर्नु भयो, हामी भने आँगनमा नै खेल्दै थियौँ, जस्तामा ढुङ्गा फेरी बज्यो।
यस पाली चाही आमा मज्जाले झोक्किदै बाहिर निस्कनु भयो -
“को हो यो ? पख् तेरा बा आमालाई भनेर खुट्टा भाँच्न नलाई छोड् दिन”
यस्तै भन्दै आमा घर माथि तिर जानु भो, आमा झोक्किदै गएको देखेर हामी पनि आमाको पछि पछि गयौँ। माथि बाटो सम्म पुग्यौ, वरिपरी हेर्यौ, कोही थिएन। अल्लि परै सम्म पुग्यौ कोही थिएन। फर्कँदै थियौँ, फेरी घरको छानामा ढुङ्गा बज्यो।

अब त आमाको साथ साथै हामी पनि कराउन थाल्यौ। हामी सबै कराएको सुनेर एक जना दाई र अङ्कल हाम्रो घरमा आई पुगे। हामीले ढुङ्गा हानेको कुरा भने पछि दाई र अङ्कल घर माथि हेर्न गए। आमा, दिदी र बहिनी घरमै बसे, म चाही दाई र अङ्कलको पछि पछि लागे। हामीले हल्ला खल्ला गर्दै घर माथिको लगभग सबै बारीका कान्ला मुनी, कान्ला माथि, झाडी, कुना काप्चामा हेर्यौ। हामीले खोज्दै गर्दा बीचमा अर्को ३-४ चोटि ढुङ्गा हानी सकेको थियो।
आमा, दिदी बहिनीले हामीलाई आँगनको छेउबाट हेर्दै हामीलाई भन्दै थिए -
“उ त्यता बाट आएको छ, त्यता तिर हेरो… “
हाम्रो हल्ला खल्ला सुनेर अल्लि पर पर घर हुनेहरू पनि कराउन थाले-
“ओइ.. के भयो????”
“यहाँ कसले हो अघि देखी ढुङ्गा हानी र’छ..” “ओइ… को हो….!!!!” हामी कराउँदै थियौँ। लगभग अँध्यारो हुन लागी सकेको थियो, त्यत्तिकैमा अरू ३-४ जना दाईहरू पनि आई पुगे। फेरी उनीहरू पनि हामीले पहिला खोजेको ठाउँ तिर खोज्न थाले। मान्छेहरू आउने क्रम बढ्न थाल्यो। सबैले बाटो माथि भएको बाँसको झ्याङमा कोही लुकेर हानी रहेको छ भन्ने शंका गरे। साँझ परी सकेको हुँदा लगभग सबैको हातमा टर्चलाईट थियो। सबै जना मिलेर बाँसको झाडी तर्फ लाग्यौ। जब सबै जना बाँसको झाडी तिर थियौँ, फेरी पल्लो छेउ तिर बाट ढुङ्गा हान्यो। सबै ढुङ्गाहरू हाम्रो घरको छत र वरिपरीनै बर्सिरहेका थिए। त्यहाँ भएका आधा जति दौडँदै त्यतै तिर गए। त्यही बेलामा दुई वटा ग्रुपको बीच बाट ढुङ्गा हान्यो जहाँ कोही थिएन। उता घरमा मान्छे जम्मा हुँदै थिए। बूढापाकाहरू पनि आइरहेका थिए।

यतिका खोज्दा पनि कोही नभेटिए पछि कता कता सबैलाई डर लाग्न थाली सकेको थियो। सबै जना फर्किएर आँगनमा जम्मा हुन थाले। बूढापाकाहरूले आफ्नो जमानमा तर्साउन दिएका कथाहरू सुनाउन थाले। सबैले यो किन भएको हुन सक्छ भन्ने तर्क राख्न थाले। एउटा बलियो तर्क आयो-
“अस्ति कुल देवताको पूजा गर्दा के बिग्रियो र यस्तो भएको हो”
र लगभग सबै जना यसमा सहमत पनि भए।
बूढापाका बाहेक अरु सबै डरले थर्र थर्र काप्दै थिए। हामीलाई पनि डर लागीरहेको थियो। तर आमा चाही त्यति डराउनु भएको थिएन, त्यसले गर्दा पनि हामीलाई केही साहस आएको थियो। लगभग तिन घन्टा पछि छतमा ढुङ्गाको आवाज आउन बन्द भयो र बिस्तारै बिस्तारै सबै जना आ-आफ्नो घर फर्कन थाले।

भोली पल्ट फेरी दिउसो ३ बजे देखिनै ढुङ्गा बर्सिन थाले, हामी करायौ, मान्छेहरू आउने क्रम जारी रह्यो, सबैले आ-आफ्नो तर्क राख्दथे। सबै अचम्मीत हुन्थे। दोस्रो दिन पनि त्यस्तै रातीको ९ बजे तिर ढुङ्गा बर्सिने क्रम बन्द भयो। घर फेरी सुनसान भयो। हामी भने भय तथा अचम्मीतको मिश्रित अनुभव गर्दै बसेका थियौँ। एक पछि अर्को दिन गर्दै ढुङ्गा आउने समय बढ्दै थियो। एक हप्ता पछि त ढुङ्गा कुनै पनि बेला आउन थाल्यो। साथै हेर्न आउने मान्छेहरूको चाप पनि त्यँही हिसाबले बढ्दै थियो। सबै जना आ-आफ्नो तर्क राख्दथे, तर सावधान कसैसँग थिएन। बा काठमाण्डौं मा हुनु हुन्थ्यो, अहिलेको जस्तो सञ्चार सुविधा थिएन, खबर पठाउन हुलाकबाट नै चिठी पठाउनु पर्थ्यो। गाउँका पोखरामा अफिस हुनेहरू र अफिसमा फोन सुविधा हुनेहरूले यो कुरा बा लाई खबर गरिदिन आवश्यक ठानेनन्। हामी केट्केटी, आमा- एक्ली असाक्क्षर आइमाई, हाम्रो परिवार भने अन्योलमै दिन बिताई रहेका थियौँ, बिलकुल आपत्ति आई लागेको लोग्ने मान्छेबिना को घर। खैर, मेरी आमाले दैबी-शक्तिमा बढी नै विश्वास गर्नुहुन्छ र गतिलो धामीझाँक्री लगाए पछि यो जान्छ भन्नेमा आमाको विश्वास थियो त्यसैले गर्दा पनि हामी भयभित भएता पनि त्यहाँ बस्नै नसक्ने अबस्थामा भने थिएनौ।
त्यो घटनाको रोचक प्रसङ्ग के छ भने, हाम्रो गाउ बाट सेती नदि नजिकै पर्छ। जति पनि ढुङ्गा आउँथे, त्यो सबै सेती नदीका ढुङ्गाहरू थिए (पानीले पखालेका खोलाका छेउका सेता ढुङ्गाहरू)। त्यो ढुङ्गा आउने बित्तिकै सुध्यो भने, आगोमा पोलिएको ढुङ्गा जस्तो गन्ध आउँथ्यो र सबै भन्दा रोचक कुरा त त्यसरी आएका ढुङ्गाहरूले कोही कसैलाई छुँदैनथ्यो, छेउमै खस्थ्यो तर कसैको शरीरमा छुन्थेन। र त्यो ढुङ्गाहरू कसैको आखा परेनन् भने त्यहीबाट हराउने गर्थे।
एक हप्ता बित्यो, दुई हप्ता बित्यो, ढुङ्गा आउने क्रम जारी नै रह्यो, टाढा टाढाका मान्छेहरू आइरहेका हुन्थे। कोही ले “भुत हो, शंख फुकेर घर घुमे पछि भुत भाग्छ भन्थे, कोही ले “मैले यो झाँक्री चिनेको छु त्यसले यस्तो भुत धपाउँछ” भनेर फुर्ती लाउँथे। कोही भने “यो कुनै मान्छेकै काम हो भन्दै म खोजेर आउँछु भन्दै घर माथितिर दौडन्थे। कोही आएर मलाई देउता चढ्छ, म धपाउन सक्छु भनेर देउता चढेको नाटक गर्दथे। तर पनि ढुङ्गा बर्सिने क्रम जारीनै थियो। यस्तै यस्तैमा एक महिना बितिसकेको थियो। हामीलाई भने यो कुरा दिन चर्या जस्तै बनिसकेको थियो। बीच बीचमा एक दुई जना आफन्तहरूले झाँक्रीपनि लिएर आए, झाँक्रीले अनेक थरी गर्यो तर पनि ढुङ्गा रोकिएन।
डेड महिना पछि बा घर आउनु भयो। त्यही समयमा एक जना ठुलाबाको छोरा पनि (उहाँ त्यो बेला खैरेनीमा बसोवास गर्नु हुन्थ्यो र अहिले हेटौडामा बसोवास गर्नु हुन्छ) हाम्रो घरको खबर सुनेर हेर्न आउनु भएको थियो। उहाँले भन्नु भयो, “तनहुमा एक जना धामी छन्, उनले यस्तो कुराको धेरै ठाउँमा समाधान गरेका छन् रे, केही गर्न सक्छन् कि”। बा को र दाइको तिनै धामीलाई बोलाउने निर्णय भयो। १०-१५ दिन पछि दाइले धामी लिएर आउनु भयो। जब ती धामीले हेराउँदै, कुराहरू भन्न थाले त्यहाँ निकै नै “अकवार्ड सिचुयसन” भएको थियो (हामीहरूको लागी पनि र उहाँ दाइको लागी पनि)। के कुरा भएको थियो भनेर म यहाँ भन्न चाहिन। त्यो कुरा यहाँ भन्दा मरेर जानेको अपमान हुन्छ। र अन्त्यमा धामीले यो समस्या सावधान गर्नका लागी रुद्री लगाउनु पर्ने सल्लाह दिए। ढुङ्गा हान्ने, नयाँ नयाँ मान्छेहरू आउने क्रम भने जारीनै थियो।
उनै धामीको सल्लाह बमोजिम, सायद भदौको पहिलो हप्तामा हामीले घरमा रुद्री लगायौ। अचम्मको कुरा रुद्री लगिएकै साझँ तीन घन्टा जति ढुङ्गा आउन रोकियो। त्यसको लगत्तै भोलि पल्ट ५ घन्टा जति ढुङ्गा आउन रोकियो। क्रमस: एक हप्तामा ढुङ्गा आउन ठप्प भयो। र हाम्रो परिवारले दुई महिना पछि अन्योल र भयको दिन चर्या बाट मुक्ति पायौ।
अहिले सोच्छु, सायद अहिलेको जस्तो सञ्चार सुविधा हुन्थ्यो भने त्यो खबर कहाँ कहाँ सम्म पुग्थ्यो होला।
हो, यो कुरा विश्वास गर्न अल्लि गाह्रो कुरा हो तर यसलाई “हावा गफ” सोच्नुहुन्छ भने तपाईँको समय खेरा फालिदिएको मा क्षमा माग्नु भन्दा म सँग अरू कुनै उपाय छैन।
सभार : http://krishol.com.np
No comments:
Post a Comment