बिकेन्द्र सहयात्री
ओखलढुंगा
|
शिर्षक - बिछोड
छोडेर गयौ मलाई चोट
जिन्दगीमा नमेटिने खोट
आँधी हुरि चलाई मनमा
मासी गयौं पिरतिको बोट
मुटु भरी लागेको छ चोट
चोट सहने लिन्छु अठोट !
केस्रा-२
शिर्षक - परदेश
केही दिनका लागि भाछु बिरानो
कमाई पैसा फेर्न घरको छानो
तिमिलाई सम्झी आज प्रवाशमा
हरेक रात छैन आँखा ओभानो
भा छैन त्यो मन बाट म बिरानो
नपार्नु प्यारी तिमिले मन सानो !
केस्रा-३
शिर्षक -जीवन
हुँदैन यो जीवन अजम्बरी
चल्दैन एकनास सधैं भरी
खै किन घमण्ड गर्दैछौं हामी
नगरे नि हुन्न र जुनि भरी
कस्ले पाएको छ र अजम्बरी
जीवन कहिले नमर्ने गरी।
केस्रा-४
शिर्षक :- दुखी जिन्दगी
किन मलाई सधैं भाग्यले ठग्छ
फेरि त्यो पापि दैबले पनि डग्छ
खै कस्तो जिन्दगी पाएको छु मैले
सधैं आँखा भरी आँसु धारा बग्छ
जहाँ जान्छु उतै जिन्दगीले ठग्छ
कस्तो रै'छ भाग्य यो दु:खैमा लग्छ !
केस्रा -५
शिर्षक :-दुखिया जीवन
दु:खै दु:खको यो जिन्दगानी
सधैं हुन्छ यी आँखामा पानी
घर छाडी मुग्लानी हुँदा झन्
आशाका त्यन्द्रा भए खरानी
जहाँ लगे नि यो जिन्दगानी
दु:ख र पिडाको रै'छ खानी !
केस्रा -६
शिर्षक नयाँ बर्ष
हाँसो अनि खुशी बोकेर
अशान्तिको चक्र तोडेर
आउनु नयाँ बर्ष तिमी
सुन्दर नेपाल कोरेर
हर्ष र उल्लास बोकेर
सुनौलो संसार खोजेर !
केस्रा-७
शिर्षक नाकाबन्दी
ईन्डियाले नाकाबन्दी लगायो
नेताको बोली खै कहाँ हरायो
देश चलाउछु भनी हिड्छौ
हेर् दुष्टले हाम्रो शिर होच्चायो
दुश्मनले नाकाबन्दी लगायो
के हेर्छौ नेता हैकम जमायो !
केस्रा -८
शिर्षक :-माया पिरती
अम्मर भन्छन यो मायाको चोला
यो मायामा नरुने खै को होला
साथ छोडी एक्लो पारी गए पनि
बस्छ मनमा माया तोलाका तोला
भरोसा हुन्न यो पिरतिको चोला
झर्छ आँखा बाट आँसुको खोला !
केस्रा -९
शिर्षक , बेरोजगार
आफ्नै देशमा पाईन्न रोजगारी
सुख शान्ती संग बोक्न सम्म भारी
तेसैले घर खेत बन्धकी राखी
पलायन छ्न् युवा समुन्द्र पारी
मिल्दै मिल्दैन देशमा रोजगारी
राजनीतिमा हुनाले लाहचारी !
केस्रा -१०
शिर्षक :- आमा
सारा सृष्टि संसार देखाई
यो धर्तिमा पाईला टेकाई
जन्मायौ हुर्कायौ मेरि आमा
हजारौं दु:ख पीडा मेटाई
सुमार्गको त्यो बाटो देखाई
हिडायौ पीडा भुली रमाई !
केस्रा-११
शिर्षक ,नयाँ बर्षको
सबै नेपाली एकै ठाउँ गाँसियोस्
सफलताले सधैं शिखर् चुमियोस्
साल् बर्ष र भित्रको पात्र होइन
चुहिने हातको अञ्जुली फेरियोस्
आगमनमा फुल माला गाँसियोस्
दु:ख र पिडाको मुहान थुनियोस् !
केस्रा-१२
शिर्षक -"प्रीती"
लिएर प्यार आउने छु फुल्न
समाई हात गाउँ बेसि डुल्न
लगाई प्रेमको निशानी हाम्रो
दुनियाँ भरिको प्रीती बटुल्न
राखी हृदय भरी दिनु फुल्न
लुकाई पिडा संग संगै झुल्न !
केस्रा -१३
शिर्षक प्रवाश
लाखौ सपना बोकेर मन भरी
गर्दै छु दुख म खाडीमा बेसरी
नहुँदा पूरा यो मनको चाहना
रुदै छ मन् प्रवाशमा धर धरी
न सजाउनु सपना मन भरी
गर्नलाई पूरा त्यो समुन्द्र तरि !
बिकेन्द्र सहयात्री
ओखलढुंगा
No comments:
Post a Comment